चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते

राजविराज राजविराज
|
बिहिबार, आषाढ ११, २०७७
|
|
८४ पटक हेरिएको
Shares
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते

सारांश

  • प्रहरीका अनुसार महादेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर दुबै जना घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएको बेला चट्याङ्ग लागेर कोशी नदी छेउमै मृत्यु भएको हो ।
  • यस्तै डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव बिहान खेतमा धान रोप्न जाँदा चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।
  • यस्तै राजगढ गाउँपालिका २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साहको पनि खेतमा काम गर्दै गरेको बेला चट्याङ् लागेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
सप्तरीमा चट्याङ्ग लागेर बिहीबार बिहान एक महिलासहित चार जनाको मृत्यु भएको छ भने एक यूवती घाइते भएकी छिन् । बिहीबार बिहानदेखी परेको वर्षासँगै झरेको चट्याङ्ग लागेर जिल्लाको महदेवा गाउँपालिकाका २ तथा डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको हो । 
प्रहरीका अनुसार महादेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर दुबै जना घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएको बेला चट्याङ्ग लागेर कोशी नदी छेउमै मृत्यु भएको हो ।
यस्तै डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव बिहान खेतमा धान रोप्न जाँदा चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।
यस्तै राजगढ गाउँपालिका २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साहको पनि खेतमा काम गर्दै गरेको बेला चट्याङ् लागेको प्रहरीले जनाएको छ । घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल घरमा बसिरहेको बेला चट्याङ लागेर घाइते भएकी छन् । चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी