चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 

राजविराज राजविराज
|
आइतबार, मंसिर २४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 

सारांश

  •     अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर जिल्ला हरवा चरवा अधिकार मञ्चको अगुवाइमा सो प्रर्दशन तथा ज्ञापन पत्र बुझाइएको हो ।
  •       मञ्चका जिल्ला अध्यक्ष देवलाल रामद्वारा प्रमुख जिल्ला अधिकारी किरण थापालाई बुझाइएको ज्ञापन पत्रमा हरवा चरवाको लगत, प्रमाणिकरण र परिचय पत्र वितरण प्रकृया अविलम्ब थालनी गर्न, सरकारद्वारा बजेट तय गरिएको हरवा चरवा लक्षित कार्यक्रममा हरवा चरवाको पहुँचको सुनिश्चितता गर्न तथा हरवा चरवाको यकिन तथ्याङ्कको आधारमा भुमि, आवास, शिक्षा, सिप, विकास र स्वास्थ्यमा पहुँचको वातावरण सुनिश्चित गर्न माँग गरिएको छ ।
  •       उठीवास हुने अवस्था तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पुर्ण ऋण खारेज, श्रम अनुसारको ज्याला निर्धारण, सुरक्षित वास र परिवार जनसंंख्याका आधारमा जग्गा सहित पुनः स्थापित गराईनु पर्ने माँग उनीहरुले गर्दै आएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 

    सप्तरीका हरवा चरवाहरुले विभिन्न चार बुंदे माँग अघि सार्दै आईतवार राजविराजमा प्रर्दशनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । 
    अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर जिल्ला हरवा चरवा अधिकार मञ्चको अगुवाइमा सो प्रर्दशन तथा ज्ञापन पत्र बुझाइएको हो । 
    मञ्चका जिल्ला अध्यक्ष देवलाल रामद्वारा प्रमुख जिल्ला अधिकारी किरण थापालाई बुझाइएको ज्ञापन पत्रमा हरवा चरवाको लगत, प्रमाणिकरण र परिचय पत्र वितरण प्रकृया अविलम्ब थालनी गर्न, सरकारद्वारा बजेट तय गरिएको हरवा चरवा लक्षित कार्यक्रममा हरवा चरवाको पहुँचको सुनिश्चितता गर्न तथा हरवा चरवाको यकिन तथ्याङ्कको आधारमा भुमि, आवास, शिक्षा, सिप, विकास र स्वास्थ्यमा पहुँचको वातावरण सुनिश्चित गर्न माँग गरिएको छ । 
    उठीवास हुने अवस्था तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पुर्ण ऋण खारेज, श्रम अनुसारको ज्याला निर्धारण, सुरक्षित वास र परिवार जनसंंख्याका आधारमा जग्गा सहित पुनः स्थापित गराईनु पर्ने माँग उनीहरुले गर्दै आएका छन् ।
    यस्तै प्रदेश र स्थानीयतहबाट संंचालन हुने विपन्न र गरिब लक्षित कार्यक्रममा हरवा चरवालाई प्राथमिक्ता र विगतमा हरवा चरवा संग सरकारद्वारा गरिएको सहमती प्रभावकारी कार्यान्वयनको समेत ज्ञापन पत्र मार्फत माँग गरिएको छ । 
    ज्ञापन पत्र बुझाउनु अघि आइतवार नै गरिएको पत्रकार सम्मेलनमा हरवा चरवा अधिकार मञ्चका जिल्ला अध्यक्ष देवलाल रामले हरवा चरवा लक्षित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि वास्तविक हरवा चरवाको पहिचान, लगत, प्रमाणिकरण तथा परिचय पत्र वितरण कार्य अविलम्ब सूरु गर्न माँग गरे । 
    पत्रकार सम्मेलनमा हरवा चरवा मञ्चका केन्द्रीय महासचिव लागेन्द्र राम, केन्द्रीय सदस्य सुमित्रा देवी खंग, श्रीर्पुराज सामुदायीक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरी, टीम लिडर विनोदानन्द चौधरी, दलित चेतना संगमका अध्यक्ष राम लखन राम, कार्यक्रम संयोजक प्रेम कुमार विश्वकर्मा लगायतले पनि बोल्दै हरवा चरवालाई थातथलो सहित उत्थान र स्वरोजगारको व्यवस्था गर्न सरकारसँग माग गरे । 
    हरवा चरवा लक्षित कार्यक्रम प्रभावकारी रुपमा संचालनका लागी बास्तबिक हरवा चरवाको पहिचान आवश्यक रहेकोमा जोड दिदै उनीहरुले यसो नभए लक्षित कार्यक्रममा हरवा चरवाको पहुँच नहुने र टाठाबाठाहरुले मात्र लाभ लिन सक्ने अवस्था आउने समेत जनाएका छन् । 
    सन २०१३ मा आइएलओले गरेको अध्ययन अनुसार मुलुकका विभिन्न जिल्लामा गरी झण्डै १ लाख ५० हजार हरवा चरवा रहेका छन् । पुस्तौदेखि अरुको जग्गामा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु साहु महाजनको खेतवारीमा काम गर्ने र वस्तुभाऊ चराएपछि पाईने न्यून मजदुरीले जहान वालबच्चालाई एक पेट खुवाउन समेत कस्ट झेलिरहेको हरवा चरवाको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा