दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सबल नेपालले आप्mनो स्थापना दिवसमा शुक्रबार सप्तरी तथा सिरहाका बिभिन्न क्षेत्रमा बृक्षारोपण गरेको छ ।
सबल नेपालले एक सबलकर्मी ४ बिरुवा तथा समुदायमा बृक्षारोपण गर्ने सप्ताहव्यापी कार्यक्रम समेतको आयोजना गरेको छ । जस अन्तरगत बिहिवार सबल नेपालले सप्तरीको सुरुङ्गा नगरपालिकाको बिभिन्न बिद्यालयहरुमा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीको उपस्थितीमा तथा सिरहाको वडा नं. ११ स्थित दुर्गा मन्दिर तथा कर्जन्हाका बिद्यालयहरुमा बृक्षारोपण गरिएको थियो । त्यस्तै राजबिराज वडा नं. १ पडरियामा समेत बृक्षारोपण गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत बृक्षारोपणसँगै समुदायमा सरसफाइ समेत गरिएको थियो भने सबलकर्मीहरुद्धारा आ–आप्mनो घरमा चार थान बिरुवाहरु रोपी स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसलाई पर्यावरणमयी बनाउन तथा बढ्दो जलवायु परिवर्तनलाई ध्यानमा राखि बृक्षारोपण गरिएको सबल नेपालकी अध्यक्ष जुना गिरीले जानकारी दिइन् ।
सबल नेपाल २०६२ कार्तिक ७ गते सप्तरी जिल्लामा स्थापना भएको गैरसरकारी संस्था हो र स्थापनाकालदेखि नै सबल नेपालले सप्तरी जिल्ला लगायत सिरहा र महोत्ररीमा समेत सामाजिक बिकासका कार्यहरु प्रभावकारी रुपमा सेवा गर्दै आईरहेको छ ।
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा
सारांश
- सबल नेपालले एक सबलकर्मी ४ बिरुवा तथा समुदायमा बृक्षारोपण गर्ने सप्ताहव्यापी कार्यक्रम समेतको आयोजना गरेको छ ।
- जस अन्तरगत बिहिवार सबल नेपालले सप्तरीको सुरुङ्गा नगरपालिकाको बिभिन्न बिद्यालयहरुमा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीको उपस्थितीमा तथा सिरहाको वडा नं.
- ११ स्थित दुर्गा मन्दिर तथा कर्जन्हाका बिद्यालयहरुमा बृक्षारोपण गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया