दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
बिगो भरी भराउ मुद्दामा दुई वर्ष कैद सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका वडा न. ८ बस्ने ५२ वर्षिय जिवछ प्रसाद यादव रहेका छन् ।
मनोज कुमार साहको जाहेरीले पर्सा जिल्ला अदालतको च.नं.७५९ मिति २०७८ असोज १८ गतेको पत्र आदेशानुसार ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटी गएको प्रहरी टोलीले खोजतलासका क्रममा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अदालतले बिगो बापत २ बर्ष कैद सजाय तोकेको थियो । तर, अदालतको आदेशपश्चात् उनी फरार भएका थिए ।
उनलाई प्रहरीले जिल्लाको सुरुङगा नगरपालिका वडा न.६ स्थितमा लुकीछीपी हिडी रहेको अवस्थामा फेला पारी पक्राउ गरी सोमबारै पर्सा जिल्ला अदालत बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका वडा न.
- ८ बस्ने ५२ वर्षिय जिवछ प्रसाद यादव रहेका छन् ।
- मनोज कुमार साहको जाहेरीले पर्सा जिल्ला अदालतको च.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया