पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह 

राजविराज राजविराज
|
बुधबार, कार्तिक २३, २०७९
|
|
४२ पटक हेरिएको
Shares
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह 

सारांश

  •     महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा पछिल्लो केही दिन यता सप्तरीका एक–दुई छापा माध्यम र केही पत्रकारहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाईएको जनाइएको छ ।
  • विज्ञप्तिमा पत्रकार महासंघले यस सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको जनाउँदै सञ्चारमाध्यममा मात्रै नभई पत्रकारले समाजिक सञ्जाल प्रयोगमा पनि आचारसंहिताको ख्याल गर्नुपर्ने अतिआवश्यक रहेको उल्लेख छ ।
  •       सो विज्ञप्तिमा निर्वाचन सम्बन्धी कुनै किसिमको सर्वेक्षण गर्नसमेत रोक लगाईएको समयमा खासगरेर फेसबुकसहितका समाजिक सञ्जालमा यसको बढी उल्लंघन भईरहेको पाइएका जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक । 

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारहरुलाई आचारसंहिता र निर्वाचन आयोगले पत्रकारकालागि जारी गरेको आचार संहिता दुवै पालना गर्न आग्रह गरेको छ । 
    महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा पछिल्लो केही दिन यता सप्तरीका एक–दुई छापा माध्यम र केही पत्रकारहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाईएको जनाइएको छ । विज्ञप्तिमा पत्रकार महासंघले यस सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको जनाउँदै सञ्चारमाध्यममा मात्रै नभई पत्रकारले समाजिक सञ्जाल प्रयोगमा पनि आचारसंहिताको ख्याल गर्नुपर्ने अतिआवश्यक रहेको उल्लेख छ । 
    सो विज्ञप्तिमा निर्वाचन सम्बन्धी कुनै किसिमको सर्वेक्षण गर्नसमेत रोक लगाईएको समयमा खासगरेर फेसबुकसहितका समाजिक सञ्जालमा यसको बढी उल्लंघन भईरहेको पाइएका जनाइएको छ । 
    विज्ञप्तिमा भनिएको छ, “हामी पत्रकारलाई अरु भन्दा बढी ख्याल निर्वाचन आचारसंहिता पालना गर्नुतर्फ हुने भएको हुँदा आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ७ को २५ बमोजिम मात्र गर्न हुन सबै पत्रकारमा नेपाल पत्रकार महासंघ सप्तरी शाखा आग्रह गर्दछ । अब पनि सञ्चारमाध्यम तथा पत्रकारले निर्वाचन आचारसंहिता विपरित काम गरेमा महासंघले आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउनेसमेत यसै विज्ञप्ती मार्फत सम्बन्धित सबै जानकारी गराउँदछ ।” 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका  विरुद्धको औषधी र सचेतना दिइदै
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका  विरुद्धको औषधी र सचेतना दिइदै
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने