मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति

राजविराज राजविराज
|
शुक्रबार, जेठ ४, २०८१
|
|
९३ पटक हेरिएको
Shares
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति

सारांश

  •     नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा एकिकृत समाजवादीबीच नयाँ सरकार गठनबारे सहमति भएको हो ।
  •     यसअघि एमाले र माओवादीले जसपा नेपालको नेतृत्वमा रहेको मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।
  •     मधेश सरकार अल्पमतमा परेसंगै नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा रहेका पाँच दलमा सहमति बनेपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुने तय भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ जेठ । 

    मधेश प्रदेशमा नयाँ सरकार गठनबारे पाँच दलबीच शुक्रबार सहमति भएको छ ।
    नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा एकिकृत समाजवादीबीच नयाँ सरकार गठनबारे सहमति भएको हो ।
    यसअघि एमाले र माओवादीले जसपा नेपालको नेतृत्वमा रहेको मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।
    मधेश सरकार अल्पमतमा परेसंगै नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा रहेका पाँच दलमा सहमति बनेपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुने तय भएको छ । 
    जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने पार्टी स्रोतले जनाएको छ ।
    ‘शुक्रवार मधेश प्रदेशमा नयाँ सरकार गठनबारे एमाले, जनमत, माओवादी, लोसपा र नेकपा एसबीच जनमत पार्टीबाट महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमती बनेको छ ।’ स्रोतले भने ।
    स्रोतका अनुसार “शनिवार मधेश प्रदेशका पाँच दलका नेताहरु बैठक गरि सरकार गठनबारे औपचारिक छलफल गरेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरिने तयारी भईरहेको छ ।”
    यता अल्पमतमा रहेका मुख्यमन्त्री सरोज यादवले पनि आफ्नो सरकार जोगाउन प्रयास गरिरहे पनि हालसम्म बहुमत पु¥याउन सकिने छाँटकाँछ भने देखिएको छैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
विद्यापति स्मृती पर्व मनाइयो
विद्यापति स्मृती पर्व मनाइयो
पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै निस्केकी किशोरी हेर्न भिंड
पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै निस्केकी किशोरी हेर्न भिंड
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सडक मै ढाट तेर्साएर चक्काजाम 
सडक मै ढाट तेर्साएर चक्काजाम 
आगलागिमा तीन घर जलेर नष्ट
आगलागिमा तीन घर जलेर नष्ट
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
आजदेखि माध्यमिक शिक्षा  परिक्षा (एसइई) सुरू, सप्तरीबाट ९ हजार ९८ परिक्षार्थी सहभागी हुदै