मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति

राजविराज राजविराज
|
शुक्रबार, जेठ ४, २०८१
|
|
४१ पटक हेरिएको
Shares
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति

सारांश

  •     नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा एकिकृत समाजवादीबीच नयाँ सरकार गठनबारे सहमति भएको हो ।
  •     यसअघि एमाले र माओवादीले जसपा नेपालको नेतृत्वमा रहेको मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।
  •     मधेश सरकार अल्पमतमा परेसंगै नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा रहेका पाँच दलमा सहमति बनेपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुने तय भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ जेठ । 

    मधेश प्रदेशमा नयाँ सरकार गठनबारे पाँच दलबीच शुक्रबार सहमति भएको छ ।
    नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा एकिकृत समाजवादीबीच नयाँ सरकार गठनबारे सहमति भएको हो ।
    यसअघि एमाले र माओवादीले जसपा नेपालको नेतृत्वमा रहेको मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।
    मधेश सरकार अल्पमतमा परेसंगै नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा रहेका पाँच दलमा सहमति बनेपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुने तय भएको छ । 
    जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने पार्टी स्रोतले जनाएको छ ।
    ‘शुक्रवार मधेश प्रदेशमा नयाँ सरकार गठनबारे एमाले, जनमत, माओवादी, लोसपा र नेकपा एसबीच जनमत पार्टीबाट महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमती बनेको छ ।’ स्रोतले भने ।
    स्रोतका अनुसार “शनिवार मधेश प्रदेशका पाँच दलका नेताहरु बैठक गरि सरकार गठनबारे औपचारिक छलफल गरेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरिने तयारी भईरहेको छ ।”
    यता अल्पमतमा रहेका मुख्यमन्त्री सरोज यादवले पनि आफ्नो सरकार जोगाउन प्रयास गरिरहे पनि हालसम्म बहुमत पु¥याउन सकिने छाँटकाँछ भने देखिएको छैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?