दैनिक समाचारदाता
राजविराज, १२ गते ।
भारतबाट तस्करी गरि नेपालतर्फ ल्याउँदै गरेको १८ लाख भन्दा बढीका फलफुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हुलाकी सडक अन्तरगत सप्तरीको बलान बिहुल २ चनही सडक खण्डमा प्रहरीले प्र०१–००१च०२४० नम्बरको पिकअप भ्यानबाट १८ लाख ५९ हजार ९ सय मुल्य बराबरको फलफुलसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १ का २५ वर्षिय रबिन महतो छन् । उनले चलाएको सो गाडीमा भारतबाट भन्सार छलेर ल्याइएका स्याउ, सुन्तला र आँप लगायतका फलफुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरी चौकी चनहीबाट खटेको गस्ती टोलीले चेकजाचका क्रममा अवैध रुपमा ल्याइएको फलफुलसहित उक्त गाडी नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक बस्नेतको भनाई छ ।
भन्सार छलेर ल्याइएको फलफुल र सो कार्यमा प्रयोग गरिएको पिकअपसहित चालक मेहतालाई शुक्रबार नै कारवाहीका लागि राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
सारांश
- हुलाकी सडक अन्तरगत सप्तरीको बलान बिहुल २ चनही सडक खण्डमा प्रहरीले प्र०१–००१च०२४० नम्बरको पिकअप भ्यानबाट १८ लाख ५९ हजार ९ सय मुल्य बराबरको फलफुलसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
- पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १ का २५ वर्षिय रबिन महतो छन् ।
- उनले चलाएको सो गाडीमा भारतबाट भन्सार छलेर ल्याइएका स्याउ, सुन्तला र आँप लगायतका फलफुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया