अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
८७ पटक हेरिएको
Shares
अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन

सारांश

  •     बिराटनगरस्थित संकटमोचन हनुमान मन्दिरमा सम्पन्न साधारण सभाले समितिको उपाध्यक्षद्वयमा मिथिलेश कुमार मिश्र र आशा झा, महासचिवमा सुजित कुमार चौधरी, सह–सचिवमा सरोज कुमार मिश्र तथा कोषाध्यक्षमा डा.
  • भबिस्य कुमार मिश्रलाई चयन गरेको छ ।
  •       त्यस्तै सदस्यहरुमा रबिन्द्र नाथ मिश्र, नन्द लाल झा, इन्दिरा देवी, सुनिता कुमारी झा, सुमित कुमार झा, राजेश मिश्र र श्यमानन्द झा चयन भएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 

    अप्पन ब्राहमण समाज विराटनगरको छैठो साधारण सभाले अमर कुमार झाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । 
    बिराटनगरस्थित संकटमोचन हनुमान मन्दिरमा सम्पन्न साधारण सभाले समितिको उपाध्यक्षद्वयमा मिथिलेश कुमार मिश्र र आशा झा, महासचिवमा सुजित कुमार चौधरी, सह–सचिवमा सरोज कुमार मिश्र तथा कोषाध्यक्षमा डा.भबिस्य कुमार मिश्रलाई चयन गरेको छ । 
    त्यस्तै सदस्यहरुमा रबिन्द्र नाथ मिश्र, नन्द लाल झा, इन्दिरा देवी, सुनिता कुमारी झा, सुमित कुमार झा, राजेश मिश्र र श्यमानन्द झा चयन भएको जनाइएको छ । 
    शरद चन्द्र झाको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा निर्वाचन समितिका अध्यक्ष डा .एस.एन. मिश्र, सदस्य प्रो. श्री बिरेन्द्र कुमार झा, वरिष्ठ पत्रकार प्रभाश चन्द्र झा, बिशिस्ट अतिथि वडा नं १३ का वडाअध्यक्ष सुर्य लाल यादब, डा.एस.एन. झा, माधब चौधरी, पुर्वअध्यक्ष लक्ष्मीरमन झा, कुमुद मोहन झा, मिथिलेस कुमार ठाकुर, मैथिली एसोसिएसनका अध्यक्ष प्रविण नारायण चौधरी, लेखक अजय कुमार झा लगायतको उपस्थितिमा नजगठित समिति सर्वसम्मतले चयन भएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?