दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
भूपु सैनिक सम्मेलन २०७७ सहायक शिविर बुधबार राजविराजस्थित भिमदल गणमा सम्पन्न भएको छ ।
भिमदल गण राजविराजका गणपति प्रमुख सेनानी निरज भण्डारीद्वारा संचालित शिविरमा एक सय भुपु सैनिकहरुको उपस्थिति रहेको थियो ।
उक्त शिविरमा भरचुवल माध्यमले प्रत्यक्ष प्रसारण मार्फत मुख्य शिविर स्थलबाट प्रधान सेनापति लगायत रथिबृन्द र कल्याणकारी बोर्डका सदस्यहरुले सम्बोधन समेत गरेका थिए ।
शिविर सम्पन्नपछि भूपु सैनिकहरुलाई मण्डी, फष्ट एड किट, सल, पि–क्याप र सैनिक कल्याणकारिको कार्यक्रम पुस्तिकाका साथै दैनिक तथा भ्रमण भत्ता समेत बितरण गरिएको सो गणका प्रमुख सेनानी भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार सप्तरी जिल्लामा ३ सय ९० भुपु सैनिक र एकल महिला भएपनि कोभिड–१९ का कारण सय जना मात्रको उपस्थिति रहेको थियो ।
यस्तै बुधबार सहायक शिविरमा अनुपस्थित भएका भुपु सैनिकहरुलाई बिहीबारबाट ती सामाग्रिहरु बितरण गरिने भिमदल गण राजविराजले जनाएको छ ।
भुपु सैनिकहरुको सहायक शिविर सम्पन्न
सारांश
- भिमदल गण राजविराजका गणपति प्रमुख सेनानी निरज भण्डारीद्वारा संचालित शिविरमा एक सय भुपु सैनिकहरुको उपस्थिति रहेको थियो ।
- उक्त शिविरमा भरचुवल माध्यमले प्रत्यक्ष प्रसारण मार्फत मुख्य शिविर स्थलबाट प्रधान सेनापति लगायत रथिबृन्द र कल्याणकारी बोर्डका सदस्यहरुले सम्बोधन समेत गरेका थिए ।
- शिविर सम्पन्नपछि भूपु सैनिकहरुलाई मण्डी, फष्ट एड किट, सल, पि–क्याप र सैनिक कल्याणकारिको कार्यक्रम पुस्तिकाका साथै दैनिक तथा भ्रमण भत्ता समेत बितरण गरिएको सो गणका प्रमुख सेनानी भण्डारीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया