खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी

राजविराज राजविराज
|
बुधबार, मंसिर ३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी

सारांश

  •     स्थानीय प्रशासनले ताला फुटाएको विरोधमा प्रर्दशनमा उत्रेका जेनजी समुहका युवाहरुले बुधवार कार्यालय खुल्नासाथ पुनः तालाबन्दी गरेका हुन ।
  •       कार्यालयमा तीन अघि जेनजी समुहका अगुवाहरुद्वारा लगाइएको ताल्चाका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताल्चा फुटाइएको थियो ।
  •     बल प्रयोग गरी सहमती बिनै ताल्चा खोल्नुले आफुहरुको मागको वेवास्ता तथा आन्दोलनको अपमान भएको भन्दै जेनजी समुहले पुनःतालाबन्दी गरेको जेनजी अगुवा मुस्तिकिम आलमले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।

    राजविराजस्थित खानेपानी संस्थान कार्यालयमा बुधवार पुनः तालाबन्दी गरिएको छ । तीन दिन अघि जेनजी समुहले लगाइएको ताल्चा अघिल्लो दिन मंगलवार स्थानीय प्रशासनको पहलमा फुटाइए पछी विरोधमा उत्रेका जेनजी समुहका युवाहरुले पुनः तालाबन्दी गरेका हुन । 
    स्थानीय प्रशासनले ताला फुटाएको विरोधमा प्रर्दशनमा उत्रेका जेनजी समुहका युवाहरुले बुधवार कार्यालय खुल्नासाथ पुनः तालाबन्दी गरेका हुन । 
    कार्यालयमा तीन अघि जेनजी समुहका अगुवाहरुद्वारा लगाइएको ताल्चाका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताल्चा फुटाइएको थियो ।
    बल प्रयोग गरी सहमती बिनै ताल्चा खोल्नुले आफुहरुको मागको वेवास्ता तथा आन्दोलनको अपमान भएको भन्दै जेनजी समुहले पुनःतालाबन्दी गरेको जेनजी अगुवा मुस्तिकिम आलमले बताए । 
    संस्थानको सेवामा सुधार तथा निमित्त कार्यालय प्रमुख राजाराम यादवको सरुवा रोक्नु पर्ने लगायतका माग राखी जेनजी समुहका अगुवाहरुले तीन दिन अघि संस्थानको राजविराज स्थित कार्यालयमा तालाबन्दी गरेका थिए । 
    नेपाल खानेपानी संस्थान कार्यालयमा देखिएको विवाद समाधानका लागी जेनजी समुहका अगुवाहरुलाई राखी छलफल भईरहेको र छिट्टै समाधान निस्कीने प्रमुख जिल्ला अधिकारी टुवराज पवोखरेलले जानकारी दिएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
प्रजातन्त्र दिवसमा सरसफाई
प्रजातन्त्र दिवसमा सरसफाई
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र