मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
१४८ पटक हेरिएको
Shares
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु

सारांश

  •     गत माघ २६ देखि कोशी बाँधमा थालिएको रिले अनसनको एक महिना पुरा भईसक्दा पनि सरकारले माग सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै सोमबारदेखि आमरण अनसन थालिएको मलाह जातिको जातिय संगठन नेपाल मलाह कल्याण संघले जनाएको छ ।
  • अनसनमा बसेका पाँचै जना ६० वर्ष माथी उमेरका छन् ।
  •     संघका केन्द्रिय अध्यक्ष नारायण मुखियाका अनुसार संघका केन्द्रिय सदस्य ६५ बर्षीय बेचन मुखियाको नेतृत्वमा ७५ बर्षीय बिलेक्षण मुखिया, ७० बर्षीय रशीलाल मुखिया, ६४ बर्षीय पञ्चलाल मुखिया र ६१ बर्षीय सदमलाल मुखिया आमरण अनसनमा बसेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
      

    विभिन्न २० बुदे माग राखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी बाँधमा विगत एक महिनादेखि मलाह समुदायले थालेको रिले अनसन सोमबारदेखि आमरण अनसनमा परिणत भएको छ ।
    गत माघ २६ देखि कोशी बाँधमा थालिएको रिले अनसनको एक महिना पुरा भईसक्दा पनि सरकारले माग सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै सोमबारदेखि आमरण अनसन थालिएको मलाह जातिको जातिय संगठन नेपाल मलाह कल्याण संघले जनाएको छ । अनसनमा बसेका पाँचै जना ६० वर्ष माथी उमेरका छन् ।
    संघका केन्द्रिय अध्यक्ष नारायण मुखियाका अनुसार संघका केन्द्रिय सदस्य ६५ बर्षीय बेचन मुखियाको नेतृत्वमा ७५ बर्षीय बिलेक्षण मुखिया, ७० बर्षीय रशीलाल मुखिया, ६४ बर्षीय पञ्चलाल मुखिया र ६१ बर्षीय सदमलाल मुखिया आमरण अनसनमा बसेका छन् । 
    संघले सप्तरी–सुनसरीको बीच सिमामा पर्ने कोशी ब्यारेज सडक खण्डमा चैत्र २७ गते आधि घण्टा तथा बैशाख ५ गते देखि अनिश्चितकालिन चक्काजाम लगायतका आन्दोलनका थप कार्यक्रम समेत घोषणा गरेको छ ।
    सरकारी स्वामित्वमा रहेका मत्स्य फार्महरु, सिमसार र रिज्भ्र्यार आदीमा मलाहा जातीलाई ५० प्रतिशत आरक्षण, संघिय र सात वटै प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना गरी आवश्यक कर्मचारी भर्नामा मलाह जातीलाई प्राथमिक्ता, सरकारले ठेक्का लगाउँदै आएको सार्वजनिक पोखरी, नदी, दह, खोलानाला, तालतलैया, तारघाट र नदीमा बगी आएको काठ दाउरा संकलन लगायतका कार्य मलाहा जातीलाई मात्र उपलब्ध गराइ्नु पर्ने लगायतका २० बुंदे माग अघि सार्दै नेपाल मलाह कल्याण संघको अगुवाईमा गत माघ २५ देखी रिले अनसन सूरु गरेको थियो । 
    उक्त स्थलमा अहिले सम्म नेकपा एमालेका उपसचिव प्रदीप ज्ञवाली, जनमत पार्टीका नेता जयकान्त राउत, मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री राज कुमार लेखी, पुर्व सिचाई मन्त्री उमेश यादव लगायतका नेता पुगी माग पुरा गराउन पहल गर्ने आश्वासन दिएपनि हाल सम्म कुनै पहल नभएपछि आमरण अनसनमा जानु परेको अनसनकारीहरुले बताएका छन् ।
    माँग पुरा नभएसम्म आफुहरु घर नफर्किने उनीहरुको अडान छ । २० बुंदे माग राखेर यस अघि पनि २०६४ साल देखी पटक÷पटक तत्कालिन सरकारका प्रमुखलाई ज्ञापन पत्र बुझाएपनि आश्वासन बाहेक केही नपाइएको संघका सचिव सुकलाल मुखियाले बताए । पछिल्लो पटक गत पुष १४ गते प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइए पनि माग सम्बोधनको कुनै पहल नभएकाले बाध्यभई आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
अस्पतालमा टोकन प्रणाली लागु
अस्पतालमा टोकन प्रणाली लागु
समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित
समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी