दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
राजविराजदेखी छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने सडकखण्ड निर्माणको माग गर्दै आइतबार चक्काजाम गरिएको छ ।
उक्त सडक खण्डको विष्णुपुर सडकखण्डमा ढाट तथा टिपर तेस्र्याएर स्थानीयले आवागमन ठप्प पारेका हुन । लामो समयदेखी जीर्ण सडकको मर्मत तथा कालोपत्रे कार्यमा ढिलाई भइरहेको भन्दै विहानैदेखी स्थानीयले चक्काजाम गरे ।
ढाट लगाउनुका साथै बीच सडक मै टिपर तेस्र्याएर राखिएपछी दुबै तर्फ सवारी साधन रोकिएका थिए । छिन्नमस्ता भगवतीको दर्शनका लागी हिडेका तथा दर्शन गरी फर्किन लागेका दर्जनौं तीर्थयात्रु पनि अलपत्र परे ।
राजविराजदेखी छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने ११ किलो मिटर सडकको केही भागमा कालोपत्रे भएपनी बाँकी अधिकांश भागमा कालो पत्रे हुन सकेको छैन । झण्डै ७ किलो मिटर सडक कालोपत्रे हुन अझै बाकि छ । जसकारण सुख्खायाममा धुलो र वर्षायाममा हिलोले स्थानीयवासी पीडित हुने गरेका छन ।
उक्त सडकको जीर्ण भागको मर्मत सम्भारका लागी पटक÷पटक दवाब मुलक कार्यक्रमहरु गर्दैै आएपनी आश्वासन बाहेक केही नपाइएको स्थानीयवासीको गुनासो छ ।
यस्तै उक्त सडक निर्माण कार्यको जिम्मा पाएका निर्माण कम्पनीले पनि कछुवा गतीमा काम गरिरहेको भन्दै स्थानीयले अविलम्ब सडक स्तरोन्नतीको कार्यलाई गति प्रदान गर्न माग गरेका छन ।
मर्मत सम्भारको माग गर्दै चक्काजाम
सारांश
- उक्त सडक खण्डको विष्णुपुर सडकखण्डमा ढाट तथा टिपर तेस्र्याएर स्थानीयले आवागमन ठप्प पारेका हुन ।
- लामो समयदेखी जीर्ण सडकको मर्मत तथा कालोपत्रे कार्यमा ढिलाई भइरहेको भन्दै विहानैदेखी स्थानीयले चक्काजाम गरे ।
- ढाट लगाउनुका साथै बीच सडक मै टिपर तेस्र्याएर राखिएपछी दुबै तर्फ सवारी साधन रोकिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया