दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
राजविराजदेखी छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने सडकखण्ड निर्माणको माग गर्दै आइतबार चक्काजाम गरिएको छ ।
उक्त सडक खण्डको विष्णुपुर सडकखण्डमा ढाट तथा टिपर तेस्र्याएर स्थानीयले आवागमन ठप्प पारेका हुन । लामो समयदेखी जीर्ण सडकको मर्मत तथा कालोपत्रे कार्यमा ढिलाई भइरहेको भन्दै विहानैदेखी स्थानीयले चक्काजाम गरे ।
ढाट लगाउनुका साथै बीच सडक मै टिपर तेस्र्याएर राखिएपछी दुबै तर्फ सवारी साधन रोकिएका थिए । छिन्नमस्ता भगवतीको दर्शनका लागी हिडेका तथा दर्शन गरी फर्किन लागेका दर्जनौं तीर्थयात्रु पनि अलपत्र परे ।
राजविराजदेखी छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने ११ किलो मिटर सडकको केही भागमा कालोपत्रे भएपनी बाँकी अधिकांश भागमा कालो पत्रे हुन सकेको छैन । झण्डै ७ किलो मिटर सडक कालोपत्रे हुन अझै बाकि छ । जसकारण सुख्खायाममा धुलो र वर्षायाममा हिलोले स्थानीयवासी पीडित हुने गरेका छन ।
उक्त सडकको जीर्ण भागको मर्मत सम्भारका लागी पटक÷पटक दवाब मुलक कार्यक्रमहरु गर्दैै आएपनी आश्वासन बाहेक केही नपाइएको स्थानीयवासीको गुनासो छ ।
यस्तै उक्त सडक निर्माण कार्यको जिम्मा पाएका निर्माण कम्पनीले पनि कछुवा गतीमा काम गरिरहेको भन्दै स्थानीयले अविलम्ब सडक स्तरोन्नतीको कार्यलाई गति प्रदान गर्न माग गरेका छन ।
मर्मत सम्भारको माग गर्दै चक्काजाम
सारांश
- उक्त सडक खण्डको विष्णुपुर सडकखण्डमा ढाट तथा टिपर तेस्र्याएर स्थानीयले आवागमन ठप्प पारेका हुन ।
- लामो समयदेखी जीर्ण सडकको मर्मत तथा कालोपत्रे कार्यमा ढिलाई भइरहेको भन्दै विहानैदेखी स्थानीयले चक्काजाम गरे ।
- ढाट लगाउनुका साथै बीच सडक मै टिपर तेस्र्याएर राखिएपछी दुबै तर्फ सवारी साधन रोकिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया