रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात

राजविराज राजविराज
|
सोमबार, बैशाख १५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात

सारांश

  •     आईतवार पविमाविको खेल मैदानमा सम्पन्न उद्घाट्न खेलमा रुपनी राईडर्सलाई ६ विकेटले पराजित गर्दे युथ एकेडमीले विजयी शुरुवात गरेको हो ।
  •       टस जितेर ब्याटिङ्ग थालेको रुपनी राईडर्सले १७ ओभर ६ बलमा सबै बिकेट गुमाएर १ सय ७ रनको योगफल खडा गरेका थिए ।
  •     जसमा ब्याटिङ्ग तर्फ शिव अधिकारीले ४६ रन तथा गुणान्नद राय १० रन बनाए ।

दैनिक समाचारदाता
राजविराज, १४ गते ।

    राजविराजमा संचालित अन्तर जिल्ला स्तरीय क्लव टि(ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा युथ एकेडमीले विजयी शुरुवात गरेको छ । 
    आईतवार पविमाविको खेल मैदानमा सम्पन्न उद्घाट्न खेलमा रुपनी राईडर्सलाई ६ विकेटले पराजित गर्दे युथ एकेडमीले विजयी शुरुवात गरेको हो । 
    टस जितेर ब्याटिङ्ग थालेको रुपनी राईडर्सले १७ ओभर ६ बलमा सबै बिकेट गुमाएर १ सय ७ रनको योगफल खडा गरेका थिए ।
    जसमा ब्याटिङ्ग तर्फ शिव अधिकारीले ४६ रन तथा गुणान्नद राय १० रन बनाए । बलिंग तर्फ युथ एकेडमीका गोमान्नद अमात्य ३ विकेट, भिमकुमार यादव, सन्तु मण्डल, अभिषेक कार्कीले समान २÷२ र सन्दिप यादवले १ बिकेट हात पारे । 
    १ सय ८ रनको लक्ष्य सहित जवाफी व्याटिङ्गमा उत्रिएका युथ क्रिकेट एकेडमीले १६ ओभर १ बलमा ४ विकेट गुमाएर विजयी लक्ष्य हासिल गरे । 
    जसमा भिम यादव ३१ र अभिषेक कार्कीले अविजित २३ को पारि खेलेपछि युथलाई खेल जित्न सहज भएको हो । युथको पारिमा विकास दास १९ र निरज यादवले १७ रनको योगदान गरे । 
    बलिंग तर्फ रुपनीका बिष्णु मण्डल २ तथा गुणान्नद राय र असोक मेहताले १÷१ विकेट लिएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक कार्की प्लेयर अफ दि म्याच अभिषेक घोषित भए ।
    खेल शुरुहुनु अघि बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले ब्याटिङ्ग र राजविराज नगरपालिका वडा नम्बर ६ का अध्यक्ष शशी चौधरीले बलिंग गर्दै खेलको उदघाट्न गरेका थिए ।
    क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई. ईन्द्रनारायण देवको अध्यक्षतामा आयोजित उदघाटन समारेहमा राजविराज नगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामएकवाल यादव, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादव, अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरी, क्रिकेट विकास प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गणेश आश लगायतले क्रिकेटको विकासका लागि सबैले आ–आफनो स्तरवाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । 
    बैशाख २१ सम्म चल्ने प्रतियोगितामा जिल्लाका ६ वटा क्रिकेट क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता लाई ट्रफी, मेडलका साथै नगद पुरस्कारको व्यवस्था समेत मिलाईएको आयोजक क्रिकेट विकास प्रतिष्ठान सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित
चट्याङ्ग लागेर बृद्धको मृत्यु, आगलागिमा दुई घर नष्ट
गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान
गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ