रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
६४ पटक हेरिएको
Shares
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 

सारांश

  •     मबिव क्याम्पसको खेल मैदानमा भईरहेको सो प्रतियोगिता अन्तरगतको बिहीबार सम्पन्न पहिलो क्वाटर फाईनल खेलमा बोदेबरसाईनले मोरंगलाई ४७ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
  •     त्यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रंजितपुर राईडर्सले लायन्सलाई ४ बिकेट पराजित गर्दै सेमिफाईनलमा प्रवेश पाएको हो ।
  •     सप्तरी क्रिकेट संघको संयोजनमा तथा रंजितपुर राईडर्सको आयोजनमा प्रतियोगिताको पहिलो खेलमा टस जितेर बोदेबरसाईन थन्डर्स ले ४ बिकेट गुमाई १ सय ६१ रन बनाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
    पहिलो मिथिला टि ट्वान्टी नक आउट क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा रंजितपुर र बोदेबसाईन पुगेको छ ।
    मबिव क्याम्पसको खेल मैदानमा भईरहेको सो प्रतियोगिता अन्तरगतको बिहीबार सम्पन्न पहिलो क्वाटर फाईनल खेलमा बोदेबरसाईनले मोरंगलाई ४७ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
    त्यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रंजितपुर राईडर्सले लायन्सलाई ४ बिकेट पराजित गर्दै सेमिफाईनलमा प्रवेश पाएको हो ।
    सप्तरी क्रिकेट संघको संयोजनमा तथा रंजितपुर राईडर्सको आयोजनमा प्रतियोगिताको पहिलो खेलमा टस जितेर बोदेबरसाईन थन्डर्स ले ४ बिकेट गुमाई १ सय ६१ रन बनाएको थियो । जसमा अभिजित रोहन बिक ६३ प्रशान्त राय ३१ बिकास दास २७ अमित दासले २१ रन बनाए ।
    यता बलिंगतर्फ वाईआरसिसि बिराटनगर मुकुन्द यादब ३ बिकेट हात पारे । प्रतिउतरमा १ सय ६२ रनको लक्ष्य लिएका बिराटनगर ले निर्धा्रित १७ ओभरमा सबै बिकेट १ सय १४ रनमै सिमित रहयो । जसमा सिधान्त लोहनी २५ र सुरज पटेल २० रन बाहेक कसैले दोहरो अंक बनाउन सकेन ।
    बलिंग तर्फ बोदेबरसाईन का कोमल ओली ३ बिकेट रोहित सिँह र कमल खत्रीले समान्य २र२ बिकेट हात पारेका थिए । सो खेलमा म्यान अफ दि म्याच बोदेबरसाईन टिमका रोहन बिक घोषित भए ।
    यस्तै दोस्रो खेलमा टस लायन्सले टस जितेर २० ओभरमा ७ बिकेट गुमाई १ सय ४८ रन को योगफल खडा गरेका थिए । जसमा सुरेन्द्र यादब ४२ रन, पवन दास २६ आषिश झा २५ रन बनाएका थिए ।
    बलिगतर्फ रंजितपुर का बिक्रान्त देब २ तथा संजित साह र बलराम मुखिया १÷१ बिकेट लिएका थिए । प्रतिउतरमा रंजितपुर राईडर्स ले १ सय ४९ रनको लक्ष्य लिई मैदानमा ओर्लेका राईडर्सले १९ ओभर २ बलमै ६ बिकेट गुमाई लक्ष्य पार गरेका थिए ।
    जसमा बिनय देब ३७ बिक्रान्त देब ३२ पंकज दास ३० र रबिन्द्र यादब २७ रन को योगदान गरेका थिए । बलिंग तर्फ लायन्सका बिकास झा २ पवन दास र बिबेक चौरसियाले १ बिकेट लिए पनि जित को लागि प्रयाप्त भएन ।
    उक्त खेलका म्यान अफ दि म्याच रंजितपुर राईडर्सका बिक्रान्त देब घोषित भएको प्रतियोगिता संयोजक प्रमान्त यादबले जानकारी दिए ।
    यता भोलीको पहिलो सेमिफाईनल सीता बिद्या आसरम गोदार धनुषा र बोदेरसाईन सप्तरी बिच हुनेछ भने दोस्रो सेमिफाईनल खेल रंजितपुर राईडर्स र योंग अलेभन बरहीबिरपुर बिच हुने आयोजक समितिका अध्यक्ष उदित यादबले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु