दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
सप्तरीमा बिहीबार झोला काटेर एक बृद्धाको रकम लुटिएको छ । श्रीमान्को उपचार तथा नाती नातिनीको विद्यालय शुल्क तिर्नका लागि उनले बैंकबाट ऋण लिएकी थिइन् ।
जिल्लाको कंचनरुप नगरपालिका ११ ठेलियाकी ६५ वर्षिया मंगलीदेवी चौधरीको १ लाख ९० हजार रुँपैया लुटिएको पीडितका श्रीमान् बसन्त चौधरीले बताए ।
श्रीमान्को उपचार तथा नाती नातिनीको बाँकी बक्यौता विद्यालय शुल्क बुझाउनका लागि उनले बिहीबार कंचनरुप नगरपालिकास्थित मेरो माइक्रो फाइनान्स बित्तिय संस्था लिमिटेडमा जग्गा धितो राखेर उक्त ऋण निकालेकी थिइन् ।
सो रकम झोलामा राखी उनी काम विशेषले सदरमुकाम राजविराज पुग्न विष्णु ट्राभल्स नामक बसमा चढेकी थिइन् । बृद्धा चौधरीका अनुसार बित्तिय संस्थाबाट रकम लिएर बसमा चढ्दासम्म अपरिचित दुई÷तीन जनाले पच्छ्याएका थिए ।
बीच बाटोमै आफूलाई थाहै नहुने गरि झोला काटेर सो रकम निकालेर लगेको उनले प्रहरी समक्ष रुदै सुनाइन् । आफू रुपनी चौकमा बसबाट ओर्लिएपछि झोला चेक गर्दा मात्र रकम लुटिएको थाहा पाएको उनले सुनाइन् ।
उनी त्यही रित्तो झोला बोकेर बिहीबारै साँझ जिल्ला प्रहरी कार्यालय पुगेर भावुक हुँदै प्रहरी अधिकारीहरुलाई रकम पत्ता लागाई दिन गुहारेकी छिन् । बृद्धाको बयानको आधारमा अपराधी पत्ता लगाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली
सारांश
- जिल्लाको कंचनरुप नगरपालिका ११ ठेलियाकी ६५ वर्षिया मंगलीदेवी चौधरीको १ लाख ९० हजार रुँपैया लुटिएको पीडितका श्रीमान् बसन्त चौधरीले बताए ।
- श्रीमान्को उपचार तथा नाती नातिनीको बाँकी बक्यौता विद्यालय शुल्क बुझाउनका लागि उनले बिहीबार कंचनरुप नगरपालिकास्थित मेरो माइक्रो फाइनान्स बित्तिय संस्था लिमिटेडमा जग्गा धितो राखेर उक्त ऋण निकालेकी थिइन् ।
- सो रकम झोलामा राखी उनी काम विशेषले सदरमुकाम राजविराज पुग्न विष्णु ट्राभल्स नामक बसमा चढेकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया