दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले शुक्रबार राजविराजमा प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आयोजित अन्तरक्रिया कार्यक्रममा सो मन्त्रालयका प्रमुख ओम नारायण झाले सहकारीहरुले आफ्नो सम्पूर्ण सदस्यहरुको विवरण तथा कारोबार पारदर्शी रुपले अभिलेख राख्नु पर्ने सुझाव दिएका छन् ।
आयोजित कार्यक्रममा प्रमुख झाले सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन अगाडी बढीसकेको अवस्थामा सहकारीहरुले पनि सोही कानुनको अधिनमा रहेर कामकाज गर्र्नु पर्नेमा जोड दिए । उनले अबदेखी सहकारीहरुले अन्य बित्तिय संस्थाहरु जस्तै बैंकिङ कारोबारहरु गर्दा आय श्रोत खुल्ने विवरण, कारोबारको उद्देश्य लगायत सदस्यहरुको तीन पुस्ते विवरण समेत समावेश हुनुपर्ने बताए ।
सहकारी संस्थाहरुले कार्यान्वयन अधिकारी अनिवार्य रुपमा तोकी स्थानिय पालिकालाई जानकारी समेत दिनुपर्ने बताए ।
मन्त्रालयका प्रमुख झाको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादवको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा सोही मन्त्रालयका मन्त्रिका स्वकिय सचिव नवनित झा, जिल्ला सहकारी संघका प्रबन्धक रमेश प्रसाद गुप्ता, जिल्ला दुग्ध संघका अध्यक्ष दिपेन्द्र कुमार आचार्य, त्रियुगाा बहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शम्भु खडका, ऋण बचत संघकी उपाध्यक्ष ममता साह, पत्रकार नवीनकुमार गुप्ता लगायतले मन्त्रालयले सहकारी संस्थाहरुप्रति देखाएको सकारात्मक पहलको चर्चा गरेका थिए ।
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
सारांश
- आयोजित अन्तरक्रिया कार्यक्रममा सो मन्त्रालयका प्रमुख ओम नारायण झाले सहकारीहरुले आफ्नो सम्पूर्ण सदस्यहरुको विवरण तथा कारोबार पारदर्शी रुपले अभिलेख राख्नु पर्ने सुझाव दिएका छन् ।
- आयोजित कार्यक्रममा प्रमुख झाले सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन अगाडी बढीसकेको अवस्थामा सहकारीहरुले पनि सोही कानुनको अधिनमा रहेर कामकाज गर्र्नु पर्नेमा जोड दिए ।
- उनले अबदेखी सहकारीहरुले अन्य बित्तिय संस्थाहरु जस्तै बैंकिङ कारोबारहरु गर्दा आय श्रोत खुल्ने विवरण, कारोबारको उद्देश्य लगायत सदस्यहरुको तीन पुस्ते विवरण समेत समावेश हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया