सप्तरी कांग्रेसले माघ २१ गते  सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने

राजविराज राजविराज
|
बिहिबार, माघ १७, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  •     कम्यूनिष्ट सरकार दुई तिहाइको दम्भ देखाउनुका साथै अधिनायक तर्फ अघि बढेको भन्दै काँग्रेस सप्तरीले सशक्त विरोध प्रदर्शन र सभा गर्ने तयारी गरेको हो ।
  •       काँग्रेस सप्तरीद्वारा बिहीबार फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित भएपछि त्यस पार्टीबाट महासमिति सदस्य र पर्यवेक्षकमा मनोनयन भएकाहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा सो जानकारी दिएको हो ।
  •       जिल्ला सभापति दिनेश यादवले वर्तमान सरकारले लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै आगामी माघ २१ गते सरकार विरुद्ध निर्णायक लडाई लड्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
    नेपाली काँग्रेस सप्तरीले सरकारको बिरोधमा माघ २१ गते प्रदर्शन गर्ने भएको छ । 
    कम्यूनिष्ट सरकार दुई तिहाइको दम्भ देखाउनुका साथै अधिनायक तर्फ अघि बढेको भन्दै काँग्रेस सप्तरीले सशक्त विरोध प्रदर्शन र सभा गर्ने तयारी गरेको हो । 
    काँग्रेस सप्तरीद्वारा बिहीबार फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित भएपछि त्यस पार्टीबाट महासमिति सदस्य र पर्यवेक्षकमा मनोनयन भएकाहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा सो जानकारी दिएको हो । 
    जिल्ला सभापति दिनेश यादवले वर्तमान सरकारले लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै आगामी माघ २१ गते सरकार विरुद्ध निर्णायक लडाई लड्ने बताए ।
    कार्यक्रममा नगर सभापति शम्भुलाल देव, पूर्व जिविस सभापति विरबल विराजी ट्रेड यूनियनका काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मंडल, पूर्वमन्त्रीद्वय हेमराज तातेड, रमनी राम, जिल्ला सचिव रामकुमार यादव, क्षेत्रीय सभापति महानन्द यादव, छेदी चौधरी, विन्देश्वर प्रसाद साह, विन्दी लगायतले पनि बोल्दै पार्टी र भ्रातृ संस्था मिलेर माघ २१ मा सशक्त वरोध प्रदर्शन गरी सरकारलाई खबरदारी गर्ने बताए । 
    कार्यक्रममा तत्कालिन फोरम लोकतान्त्रिकबाट काँग्रेसको महासमिति सदस्य र पर्यवेक्षकमा मनोनयन भएका पुर्वमन्त्रीद्वय हेमराज तातेड, रमनी राम तथा विन्देश्वर प्रसाद साह, विन्दी, छेदीलाल चौधरी, भोगेन्द्र चौधरी, विन्दु यादव, हुलसित यादव, प्रभु चौधरी, पवनी देवी खंग, संजय चौधरी लगायतलाई सभापति यादवले खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार 
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार 
अस्पतालका मेसु डा. दासको बिदाई 
अस्पतालका मेसु डा. दासको बिदाई 
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै 
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा