गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु

राजविराज राजविराज
|
मंगलबार, चैत्र १४, २०७९
|
|
४४ पटक हेरिएको
Shares
गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु

सारांश

  •     सप्तरी क्रिकेट संघसँगको समन्वयमा संचालित उक्त प्रतियोगितामा वडा नं.
  • १ तिलाठीले विजयी सुरुवात गरेको छ ।
  • तिलाठीले वडा नं.

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।  

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा मंगलबारदेखि गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । 
    सप्तरी क्रिकेट संघसँगको समन्वयमा संचालित उक्त प्रतियोगितामा वडा नं. १ तिलाठीले विजयी सुरुवात गरेको छ । तिलाठीले वडा नं. ८ तोपालाई ५२ रनले पराजित गरेको हो ।
    टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५८ रन बनाएको थियो । जसमा शिव कामैतले चार छक्काको मद्दतले ४६ बलमा ६१ रन बनाए भने आशिक मिश्रले २२, मुकेश यादवले १८ र राजकुमार यादवले १२ रन बनाएका थिए । तोपाका लागि भरत दासले २ तथा दिपेन्द्र मण्डल, सुनिल यादव र रविन्द्र मण्डलले १÷१ विकेट लिए ।
    एक सय ५९ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको वडा नं. ८ तोपा टिमले २० ओभरमा ८ विकेट गुमाई १ सय १ रन मात्र बनाउन सक्यो भने पेनाल्टीको रुपमा पाँच रन थप पाएको थियो । 
    तोपाका लागि भरत दासले सर्वाधिक १४ रन बनाए भने चन्द्र भुषण मण्डल, सुनिल यादव र धनराज मण्डलले समान १२÷१२ रनको योगदान दिएका थिए । तिलाठीको लागि चन्दन झा, सुनिल यादव र कारी झाले २÷२ विकेट लिए भने मिथुन यादव र शिव कामैतले १÷१ विकेट हात पार्दै आफ्नो टिमलाई विजयी गराउन सफल भए । उक्त खेलमा वडा नं. १ तिलाठीका शिव कामैतलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरियो ।
    यसअघि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, ललनप्रसाद राउत र सत्यनारायण यादवले मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रम गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?