दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा मंगलबारदेखि गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
सप्तरी क्रिकेट संघसँगको समन्वयमा संचालित उक्त प्रतियोगितामा वडा नं. १ तिलाठीले विजयी सुरुवात गरेको छ । तिलाठीले वडा नं. ८ तोपालाई ५२ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५८ रन बनाएको थियो । जसमा शिव कामैतले चार छक्काको मद्दतले ४६ बलमा ६१ रन बनाए भने आशिक मिश्रले २२, मुकेश यादवले १८ र राजकुमार यादवले १२ रन बनाएका थिए । तोपाका लागि भरत दासले २ तथा दिपेन्द्र मण्डल, सुनिल यादव र रविन्द्र मण्डलले १÷१ विकेट लिए ।
एक सय ५९ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको वडा नं. ८ तोपा टिमले २० ओभरमा ८ विकेट गुमाई १ सय १ रन मात्र बनाउन सक्यो भने पेनाल्टीको रुपमा पाँच रन थप पाएको थियो ।
तोपाका लागि भरत दासले सर्वाधिक १४ रन बनाए भने चन्द्र भुषण मण्डल, सुनिल यादव र धनराज मण्डलले समान १२÷१२ रनको योगदान दिएका थिए । तिलाठीको लागि चन्दन झा, सुनिल यादव र कारी झाले २÷२ विकेट लिए भने मिथुन यादव र शिव कामैतले १÷१ विकेट हात पार्दै आफ्नो टिमलाई विजयी गराउन सफल भए । उक्त खेलमा वडा नं. १ तिलाठीका शिव कामैतलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरियो ।
यसअघि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, ललनप्रसाद राउत र सत्यनारायण यादवले मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रम गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले सञ्चालन गरेका थिए ।
गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु
सारांश
- सप्तरी क्रिकेट संघसँगको समन्वयमा संचालित उक्त प्रतियोगितामा वडा नं.
- १ तिलाठीले विजयी सुरुवात गरेको छ ।
- तिलाठीले वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया