क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारीमा जुटे सुरुङ्गा

राजविराज राजविराज
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारीमा जुटे सुरुङ्गा

सारांश

  •     पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी स्वरुप मंगलवारदेखी क्षयरोगीको पहिचान र उपचारका लागी पालिका क्षेत्र भित्रका ३ स्थानमा “एक्टिभ केस डिटेक्सन कार्यक्रम” सुरु गरिएको छ ।
  •       सुरुङ्गा नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालय भेडियामा आयोजित एक समारोह बीच नगर प्रमुख गीता चौधरीले उक्त कार्यक्रमको शुभारम्भ गरेकी छिन ।
  •       सो अवसरमा उनले सुरुङ्गा नगरपालिकाका वासिन्दालाई क्षयरोग विरुद्ध जागरुक बनाई क्षयरोग बिनाको पालिका बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइन ।

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 

    सप्तरीको सुरुङ्गा नगरपालिकाले पालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने तयारी सुरु गरेको छ । यसअघि मधेश प्रदेश कै पहिलो बालविवाह मुक्त घोषणा गरिएको यो पालिका अब क्षयरोग मुक्त घोषणा गर्ने तयारीमा जुटेको हो । 
    पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी स्वरुप मंगलवारदेखी क्षयरोगीको पहिचान र उपचारका लागी पालिका क्षेत्र भित्रका ३ स्थानमा “एक्टिभ केस डिटेक्सन कार्यक्रम” सुरु गरिएको छ । 
    सुरुङ्गा नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालय भेडियामा आयोजित एक समारोह बीच नगर प्रमुख गीता चौधरीले उक्त कार्यक्रमको शुभारम्भ गरेकी छिन । 
    सो अवसरमा उनले सुरुङ्गा नगरपालिकाका वासिन्दालाई क्षयरोग विरुद्ध जागरुक बनाई क्षयरोग बिनाको पालिका बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइन । सुरुङ्गा नगरपालिकालाई २०८३ साल सम्म क्षयरोग मुक्त पालिका घोषणा गर्ने उदघोषका साथ उनले पालिकाद्वारा कायम गरिएको ३ वटा उपचार केन्द्रमा परिक्षण र उपचारका लागी आउन सबै संग आग्रह गरिन । 
    क्षयरोगबाट जोगिन धुम्रपान र धुवाँधुलोबाट जोगिनु पर्ने भन्दै उनले यसबाट बच्न र बचाउन सबैले आ आफनो स्तरबाट समेत सहयोग गर्नु पर्नेमा जोड दिइन । 
    क्षयरोगको परिक्षण र उपचारका लागी ११ वटै वडाका वासीन्दालाई पायक पर्ने गरी भेडिया, कुशहा र धाँती बाजारमा गरी ३ वटा सेन्टर कायम गरिएको छ । क्षयरोग निवारण केन्द्र भक्तपुुर तथा मधेश प्रदेश सरकार समेतको प्राविधीक सहयोगमा नगरपालिकाले चलाएको कार्यक्रम अन्तर्गत औषधीहरु पनि निःशुुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । आफ्नो नीती तथा कार्यक्रममा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य अनुसार आवश्यक गतिबीधी सूरु गरिएको पालिकाले जनाएको छ । 
    यस अघि २०७९ सालमा उक्त नगरपालिका बालविवाह मुक्त घोषणा भएको थियो । बालविवाह मुक्त घोषणा हुने सुरुङ्गा मधेश प्रदेश कै पहिलो पालिका हो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार
महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार