महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार

राजविराज राजविराज
|
मंगलबार, माघ ८, २०७५
|
|
७८ पटक हेरिएको
Shares
महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार

सारांश

  •     गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको अध्यक्षतामा आयोजित दोस्रो गाउँ सभामा उपाध्यक्ष ममताकुमारी यादवले चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
  •       सम्पन्न गाउँ सभाले बाल विवाह तथा बाल श्रमविरुद्ध शुन्य सहनशिलता नीति अपनाई त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकारले तोकबमोजिम कम्तिमा चार पटक नियमित गर्भ जाँच गराउने महिलाहरुलाई सुरक्षित प्रसुति गराउन निःशुल्क रुपमा वर्थिङ्ग सेन्टरसम्म पु¥याउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिपक यादवले बताए ।
  •       यसैगरी विपद् जोखिमन्युनीकरणका लागि १२ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गर्ने निर्णय गरेको छ भने ३० देखि ६० बर्षसम्म उमेरका महिलाहरुमा प्रमुख समस्याको रुपमा देखा परिरहेको पाठेघर तथा स्तनक्यान्सरको जाँचको लागि स्क्रीनिङ्गको ब्यवस्था गरिने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
    सप्तरीको महादेवा गाउँपालिकाको आइतबार सम्पन्न दोस्रो गाउँ सभाले २८ करोड ४७ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
    गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको अध्यक्षतामा आयोजित दोस्रो गाउँ सभामा उपाध्यक्ष ममताकुमारी यादवले चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 
    सम्पन्न गाउँ सभाले बाल विवाह तथा बाल श्रमविरुद्ध शुन्य सहनशिलता नीति अपनाई त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकारले तोकबमोजिम कम्तिमा चार पटक नियमित गर्भ जाँच गराउने महिलाहरुलाई सुरक्षित प्रसुति गराउन निःशुल्क रुपमा वर्थिङ्ग सेन्टरसम्म पु¥याउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिपक यादवले बताए । 


    यसैगरी विपद् जोखिमन्युनीकरणका लागि १२ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गर्ने निर्णय गरेको छ भने ३० देखि ६० बर्षसम्म उमेरका महिलाहरुमा प्रमुख समस्याको रुपमा देखा परिरहेको पाठेघर तथा स्तनक्यान्सरको जाँचको लागि स्क्रीनिङ्गको ब्यवस्था गरिने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।
    यस्तै एसईई परीक्षामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये सर्वाधिक अंक ल्याउने दुई जना छात्र र दुई जना छात्रालाई प्रोत्साहन गर्न पुरस्कार दिने तथा उच्च शिक्षा अध्ययन गर्ने दलित युवा युवतिका लागि प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने गाउँ सभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनीत कुमार झाले जानकारी दिए ।
    स्थानीय पञ्जिकाको अभिलेख तथा सामाजिक सुरक्षाको अभिलेखलाई सूचना प्रविधिमार्फत व्यवस्थित गरिने तथा सामाजिक सुरक्षा भत्तालाई ब्यवस्थित तथा समयभित्र भुक्तानीका लागि बैंक मार्फत भुक्तानी दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत झाले जनाए ।
    सो अवसरमा गाउँ सभाका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 
प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि