महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार

राजविराज राजविराज
|
मंगलबार, माघ ८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार

सारांश

  •     गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको अध्यक्षतामा आयोजित दोस्रो गाउँ सभामा उपाध्यक्ष ममताकुमारी यादवले चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
  •       सम्पन्न गाउँ सभाले बाल विवाह तथा बाल श्रमविरुद्ध शुन्य सहनशिलता नीति अपनाई त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकारले तोकबमोजिम कम्तिमा चार पटक नियमित गर्भ जाँच गराउने महिलाहरुलाई सुरक्षित प्रसुति गराउन निःशुल्क रुपमा वर्थिङ्ग सेन्टरसम्म पु¥याउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिपक यादवले बताए ।
  •       यसैगरी विपद् जोखिमन्युनीकरणका लागि १२ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गर्ने निर्णय गरेको छ भने ३० देखि ६० बर्षसम्म उमेरका महिलाहरुमा प्रमुख समस्याको रुपमा देखा परिरहेको पाठेघर तथा स्तनक्यान्सरको जाँचको लागि स्क्रीनिङ्गको ब्यवस्था गरिने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
    सप्तरीको महादेवा गाउँपालिकाको आइतबार सम्पन्न दोस्रो गाउँ सभाले २८ करोड ४७ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
    गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको अध्यक्षतामा आयोजित दोस्रो गाउँ सभामा उपाध्यक्ष ममताकुमारी यादवले चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 
    सम्पन्न गाउँ सभाले बाल विवाह तथा बाल श्रमविरुद्ध शुन्य सहनशिलता नीति अपनाई त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकारले तोकबमोजिम कम्तिमा चार पटक नियमित गर्भ जाँच गराउने महिलाहरुलाई सुरक्षित प्रसुति गराउन निःशुल्क रुपमा वर्थिङ्ग सेन्टरसम्म पु¥याउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिपक यादवले बताए । 

    यसैगरी विपद् जोखिमन्युनीकरणका लागि १२ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गर्ने निर्णय गरेको छ भने ३० देखि ६० बर्षसम्म उमेरका महिलाहरुमा प्रमुख समस्याको रुपमा देखा परिरहेको पाठेघर तथा स्तनक्यान्सरको जाँचको लागि स्क्रीनिङ्गको ब्यवस्था गरिने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।
    यस्तै एसईई परीक्षामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये सर्वाधिक अंक ल्याउने दुई जना छात्र र दुई जना छात्रालाई प्रोत्साहन गर्न पुरस्कार दिने तथा उच्च शिक्षा अध्ययन गर्ने दलित युवा युवतिका लागि प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने गाउँ सभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनीत कुमार झाले जानकारी दिए ।
    स्थानीय पञ्जिकाको अभिलेख तथा सामाजिक सुरक्षाको अभिलेखलाई सूचना प्रविधिमार्फत व्यवस्थित गरिने तथा सामाजिक सुरक्षा भत्तालाई ब्यवस्थित तथा समयभित्र भुक्तानीका लागि बैंक मार्फत भुक्तानी दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत झाले जनाए ।
    सो अवसरमा गाउँ सभाका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
वर्तमान खर्चिलो चुनावी  प्रणालीलाई सच्याउनुपर्नेमा जोड
वर्तमान खर्चिलो चुनावी  प्रणालीलाई सच्याउनुपर्नेमा जोड
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
घटस्थापनासँगै वडा दशै शुरु
घटस्थापनासँगै वडा दशै शुरु
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 
नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको समिति गठन
नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको समिति गठन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?