रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा

राजविराज राजविराज
|
बुधबार, माघ २५, २०७९
|
|
४८ पटक हेरिएको
Shares
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा

सारांश

  • राजविराजस्थित एनआइसी एशिया बैंक राजविराज शाखाबाट २ करोड ३० लाख ऋण निकासा भएको खुलासा भएको हो ।
  •       राजविराज ८ निवासी रबिन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज ९ निवासी वर्षाना खातुनको नाममा नक्कली लालपूर्जा तयार गरि राजविराज १ निवासी मो.
  • समसादले एनआइसी एशिया बैंकबाट २ करोड ८० लाख रुँपैया ऋण स्वीकृती गराई २ करोड ३० लाख रुँपैया विभिन्न व्यक्तिलाई भुक्तानी दिएको खुलासा भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 

    एउटा बैंकले रोक्का गरेको जग्गाको नक्कली लालपूर्जा बनाई अर्को बैंकबाट करोडौं रुँपैया ऋण उठाएको खुलासा भएको छ । 
राजविराजस्थित एनआइसी एशिया बैंक राजविराज शाखाबाट २ करोड ३० लाख ऋण निकासा भएको खुलासा भएको हो । 
    राजविराज ८ निवासी रबिन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज ९ निवासी वर्षाना खातुनको नाममा नक्कली लालपूर्जा तयार गरि राजविराज १ निवासी मो. समसादले एनआइसी एशिया बैंकबाट २ करोड ८० लाख रुँपैया ऋण स्वीकृती गराई २ करोड ३० लाख रुँपैया विभिन्न व्यक्तिलाई भुक्तानी दिएको खुलासा भएको छ । 
    बुधबार सो घटना सार्वजनिक भएपछि बिहान १० बजेदेखी नै बैंकमा सर्वसाधारणको भिड लागेको थियो भने बास्तविक जग्गाधनी र उनका आफन्तले हो–हल्ला गरेका छन् । 
    बास्तविक जग्गाधनी यादवले आफूलाई थाहै नदिई कसरी आफ्नो जग्गा धितो राखेर बैंकले ऋण दियो भन्ने विषय उठाएका छन् । उनले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित कित्ता नं. २२१ (९ को ख) को १० कठ ५ धुर जग्गा राजविराजस्थित सिटिजन बैंकमा धितो राखेर २० लाख रुँपैया ऋण लिएका छन् । उक्त बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गा धितो राखेर एनआइसी एशिया बैंकले कसरी र कुन आधारमा २ करोड ३० लाख रुँपैया ऋण दियो भन्ने कुराको छानबिन हुनु पर्ने माग गरे । 
    उनलाई आफ्नो जग्गा राखेर कसैले एनआइसि एशिया बैंकबाट ऋण निकालेको जानकारी गराएपछि हतार हतार बैंक पुगेको र बैंकबाट आफ्नो जग्गा अर्कैको नाममा रहेको थाहा पाएपछि चकित परेको रबिन्द्रले सुनाए । 
    मालपोतका कर्मचारी समेतलाई मिलाएर खातुनको नाममा नक्कली लालपूर्जा बनाई समसादले अन्य कागजात पेश गरेपछि बैंकले २ करोड ८० लाख स्वीकृत गरेको शाखा प्रबन्धक सन्तोष यादवको भनाई छ । उनले स्वीकृत भएको रकम मध्ये मुख्य ऋणी समसादले १ करोड ५० लाख तथा उनैको खाताबाट क्रमशः मो. सद्दाम र एक सहकारी संस्थामा बाँकी रकम ट्रान्सफर भएको पाइएको बताएका छन् । 
    नक्कली कागजलाई मालपोतका कर्मचारीदेखी आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पु¥याएर पेश गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेश हुन आएकाले सोही आधारमा ऋण प्रवाहा गरिएको उनले तर्क दिए । 
    “बैंकसँग लालपूजा नक्कली÷असली छुट्याउने साधन छैन्, आवश्यक प्रमाणको आधारमा ऋण दिने हो, उनले भने सबै कागजात दुरुस्त पाइएपछि ऋण उपलब्ध गराइएको हो ।” उनले ऋणीले पेश गरेको कागजपत्र नक्कली भएको जानकारी आएपछि बुधबार बिहानै ऋणी परिवारका मो. समसादसँग सम्पर्कको प्रयास गरे पनि सफलता नमिलेको सुनाए ।
    यता भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले पहिलेदेखी नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै पुनः रोक्का गर्न नमिल्ने जिकिर गरे । उनले यस कार्यालयमा एनआइसी एशिया बैंकबाट जग्गा रोक्का सम्बन्धी कुनै पत्र नआएको तथा ऋणीद्वारा बैंकमा यदी त्यस्तो पत्र पेश गरेको छ भने त्यो पनि लालपूर्जा जस्तै नक्कली हुने दाबी समेत गरे । 
    उक्त घटनाको अनुसन्धान गर्न बैंकको मधेश प्रदेश कार्यालयबाट सहप्रमुख नितेश श्रेष्ठको नेतृत्वको एक टोली पुगि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले यस विषयमा चर्चा सुनिए पनि बैंक तथा पीडित भनिएका मध्ये अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको बताए । यसबारे बैंक वा पीडित भनिएका मध्येबाट उजुरी आए आवश्यक अनुसन्धान अघि बढाइने उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सप्तरीमा जिल्ला समन्वय समिती गठनमा अन्यौल
सप्तरीमा जिल्ला समन्वय समिती गठनमा अन्यौल
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ 
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ 
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी