दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
सप्तरीको बिष्णुपुर गाउँपालिकामा बाल दिवसको अवसरमा शुक्रबार नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोग तथा माँ भगवती बाल क्लब बिष्णुपुर गाउँपालिका वडा नंं. ७ ले आयोजना गरेको नृत्य प्रतियोगितामा २६ वटा बाल क्लबका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
आयोजित नृत्य प्रतियोगितामा प्रथम हुने एकता बाल क्लबका सुरेन्द्र मरिक, दोश्रो हुने मिथिला बाल क्लब पुजा कुमारी राय, तेश्रो हुने माँ भगवती बल क्लबका प्रनिता साहलाई शिल्ड कप प्रदान गरिएको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत रंजीत जंग अधिकारीको प्रमुख अतिथिय तथा वडा न. ७ का वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा आयोजित नृत्य प्रतियोगिता कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, सचिव नरेन्द्र यादव, किशोर किशोरी बिकासका फिल्ड अफिसर ललिता मण्डल, प्रोग्राम सुपरभाइजर राजिव चौधरी र बिष्णुपुरका समुदायिक परिचालक शंकर यादव, माँ बिषहारा सहकारी संस्था बिष्णुपुर गाउँपालिका ६ का अध्यक्ष ब्रहनारायण यादव लगायत स्थानिय जनप्रतिनिधि बिभिन्न बाल क्लबका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
सारांश
- सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोग तथा माँ भगवती बाल क्लब बिष्णुपुर गाउँपालिका वडा नंं.
- ७ ले आयोजना गरेको नृत्य प्रतियोगितामा २६ वटा बाल क्लबका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
- आयोजित नृत्य प्रतियोगितामा प्रथम हुने एकता बाल क्लबका सुरेन्द्र मरिक, दोश्रो हुने मिथिला बाल क्लब पुजा कुमारी राय, तेश्रो हुने माँ भगवती बल क्लबका प्रनिता साहलाई शिल्ड कप प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया