होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १०, २०८२
|
|
५३ पटक हेरिएको
Shares
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय

सारांश

  •     यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित रुपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सप्तरीको शुक्रबार बसेको जिल्ला सुरक्षा समिति तथा सरोकारबालाहरुको बैठकले सो निर्णय गरेको हो ।
  •       सो निर्णय आईतबार सार्वजनिक गर्दै इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा विक्रेताहरुले मदिरा बिक्री बितरण गर्न पाउने समय ७ बजे र होटल तथा रेष्टुरेन्टहरुमा सेवन गर्ने समय बढीमा सटर बन्द गर्ने गरी ८ बजे तोकेको छ ।
  •     जिल्लास्थित खुद्रा मदिरा पसलहरुले व्यवसाय दर्ता प्रमाणपत्र बिना घरेलु मदिरा बिक्री गरिरहेको पाईएमा उक्त मदिरा जफत गरी नष्ट गर्ने र प्रचलित कानून वमोजिम कारवाही गर्ने निर्णयमा भनिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन ।

    जिल्ला सुरक्षा समिति सप्तरीले  खुद्रा तथा थोक मदिरा विक्रेताहरुलाई साँझ ७ बजे पसल बन्द गर्न निर्णय गरेको छ ।
    यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित रुपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सप्तरीको शुक्रबार बसेको जिल्ला सुरक्षा समिति तथा सरोकारबालाहरुको बैठकले सो निर्णय गरेको हो । 
    सो निर्णय आईतबार सार्वजनिक गर्दै इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा विक्रेताहरुले मदिरा बिक्री बितरण गर्न पाउने समय ७ बजे र होटल तथा रेष्टुरेन्टहरुमा सेवन गर्ने समय बढीमा सटर बन्द गर्ने गरी ८ बजे तोकेको छ ।
    जिल्लास्थित खुद्रा मदिरा पसलहरुले व्यवसाय दर्ता प्रमाणपत्र बिना घरेलु मदिरा बिक्री गरिरहेको पाईएमा उक्त मदिरा जफत गरी नष्ट गर्ने र प्रचलित कानून वमोजिम कारवाही गर्ने निर्णयमा भनिएको छ ।
    यस्तै जिल्ला स्थित विभिन्न स्थानमा रहेको मिठाई पसलहरुमा बत्ती प्रयोग गरी खाने सामानहरु आकर्षित बनाइ शरीरमा हानी पु¥याएको, अत्याधिक रड र अखाद्य भएको भए जफत गरी कारवाही गर्ने, सवारी साधनहरुमा तौल कम भएको मिठाई डब्बामा बेच्ने, पान पसल, किराना पसल लगायत जेनरल स्टोरहरुमा इजाजतपत्र विना सुर्तीजन्य पदार्थको बिक्री भइरहेको पाइएमा कारवाहीको प्रकृया अगाडी बढाउने निर्णयमा उल्लेख छ ।
    त्यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबहरुबाट कम्तीमा एकसय मिटरको दुरी भित्र सुर्तीजन्य पदार्थ विक्री बितरण गरेको पाइएमा सोही ऐन बमोजिम आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउने जिल्ला सुरक्षा समितिले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा, असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला समिति गठन
जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा, असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला समिति गठन
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
गायिका साह उर्मिला र अधिकारर्मी  चौधरीलाई बैध–प्रकाश पुरस्कार
गायिका साह उर्मिला र अधिकारर्मी  चौधरीलाई बैध–प्रकाश पुरस्कार
“बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
“बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?