दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
राजविराज १३ विषहरिया निवासी डा. दिपक चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा उत्रेका छन् । उनी हालै नेपाल बिद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजीनामा दिई राजनीतिमा होमिएका हुन् ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को उम्मेदवार बनेका हुन् । ५२ वर्षिय डा. चौधरी उक्त पार्टीका केन्द्रिय सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेतृत्व विकासमा विद्यावारिधी (पिएचडी) गरेका उनलाई उज्यालो पार्टी नेपालले चुनाव लड्न टिकट दिएपछी जागिर छाडेका हुन् ।
बुधबार राजविराजस्थित राजदेवी मन्दिर चौकमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले देश निर्माणका लागि सही व्यक्ति चयन हुन आवश्यक रहेको बताए । राष्ट्रिय, अन्तराष्ट्रिय अध्ययन, अनुसन्धान तथा मधेश आन्दोलन र मधेशको अवस्था बारे थुप्रै लेख, रचना र पुस्तक लेखेका डा. चौधरी मुलुकमा भ्रष्टाचार र गलत नेतृत्वलाई विकासको प्रमुख बाधक मान्छन् ।
उक्त अवसरमा पार्टीका जिल्ला संयोजक डा. सुर्य प्रसाद यादव, सह–संयोजक श्रीप्रसाद चौधरी, प्रकाश चन्द्र चौधरी, सत्यनारायण देव, कान्तिदेवी राम, क्षेत्र नं. ३ का उमेदवार परमेश्वरलाल साह र क्षेत्र नं. ४ का उमेदवार बिसोकुमार यादवसहितको उपस्थिति थियो ।
डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
सारांश
- कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं.
- २ को उम्मेदवार बनेका हुन् ।
- ५२ वर्षिय डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया