साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो, दुई हजार तीन सय छात्रालाई साइकल बितरण

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो,  दुई हजार तीन सय छात्रालाई साइकल बितरण

सारांश

  •     यसैबीच शनिबार पनि यस अभियानलाई निरन्तरता दिँदै राजविराजस्थित केशो अनिरुद्धबत्ति माध्यमिक विद्यालयका ५२ जना छात्रालाई प्रदेश सभा सदस्य एवं राजपाका महासचिव मनिष कुमार सुमनले साइकल बितरण गरेका छन् ।
  •       “बेटी बचाऊ, बेटी पढाऔं, बेटीलाई स्वाबलम्बन बनाऔं” भन्ने मूल नारा तथा छोरीलाई विद्यालय पठाउन अनुरोधसहित सुरु गरिएको साइकल बितरण कार्यक्रममा अभिभावकहरुको पनि उल्लेख्नीय सहभागिता रहेको थियो ।
  •       साइकल बितरण गर्दै प्रदेशसभा सदस्य सुमनले तराईका जिल्लामा छोरीलाई हेला गर्ने, बालबिबाह गरिदिने, छोरीलाई विद्यालय नपठाउने जस्ता प्रथा कायमै रहेकाले यसको न्युनिकरणका लागि प्रदेश सरकारले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान ल्याएको बताउँदै यसमा सबै अभिभावकको साथ र सहयोग आवश्यक रहेको जनाए ।

    राजविराज÷छोरीहरुलाई पढाईमा प्रोत्साहन गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान चलाएर साइकल बितरण सुरुवात गरेपछि अहिले सप्तरीका विद्यालयहरुमा छात्राहरुको संख्या बढेको छ । 
    छोरीलाई कमै विद्यालय पठाउने प्रदेश २ मा विद्यालय जान प्रोत्साहनका लागि प्रदेश सरकारले मुख्यमन्त्री “बेटी बचाऊ, बेटी पढाऔं” अभियानका लागि २० करोड बिनियोजन गरेपछि अहिले सो रकमबाट साईकल खरीद गरि धमाधम छात्राहरुलाई बितरण गर्न थालिएको छ । 
    सप्तरीमा अहिलेसम्ममा विभिन्न विद्यालयमा गरि झण्डै २ हजार ३ सय छात्रालाई साइकल बितरण गरिसकिएको शिक्षा विकाश तथा समन्वय ईकाई कार्यालयको तथ्याङ्कले देखाएको छ ।
    यसैबीच शनिबार पनि यस अभियानलाई निरन्तरता दिँदै राजविराजस्थित केशो अनिरुद्धबत्ति माध्यमिक विद्यालयका ५२ जना छात्रालाई प्रदेश सभा सदस्य एवं राजपाका महासचिव मनिष कुमार सुमनले साइकल बितरण गरेका छन् । 
    “बेटी बचाऊ, बेटी पढाऔं, बेटीलाई स्वाबलम्बन बनाऔं” भन्ने मूल नारा तथा छोरीलाई विद्यालय पठाउन अनुरोधसहित सुरु गरिएको साइकल बितरण कार्यक्रममा अभिभावकहरुको पनि उल्लेख्नीय सहभागिता रहेको थियो । 
    साइकल बितरण गर्दै प्रदेशसभा सदस्य सुमनले तराईका जिल्लामा छोरीलाई हेला गर्ने, बालबिबाह गरिदिने, छोरीलाई विद्यालय नपठाउने जस्ता प्रथा कायमै रहेकाले यसको न्युनिकरणका लागि प्रदेश सरकारले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान ल्याएको बताउँदै यसमा सबै अभिभावकको साथ र सहयोग आवश्यक रहेको जनाए । 
    छोरीलाई शिक्षित र समाजमा उचित सम्मान दिन प्रोत्साहन स्वरुप साइकल प्रदान गरिएको बताउँदै उनले पहिलादेखी नै महिलालाई दबाउन कमजोरको उपमा दिइएकाले अब त्यो परम्परालाई तोड्न महिलाहरु शिक्षित भएर हरेक क्षेत्रमा अगाडी बढ्न शिक्षित हुन आवश्यक रहेकोमा जोड दिए । 
    यस्तै केशो अनिरुद्धवत्ति माविकी सहप्रधानाध्यापक निलम मिश्राले विद्यालयहरुमा छोरीको संख्या घटदै गइरहेका बेला प्रदेश सरकारको अभियानले छोरीहरुको विद्यालयतर्फ आकर्षण एक्कासी बढेको बताइन् । 
    उनले अभियानकै कारण अहिले विद्यालयमा भर्ना हुन आउने छोरीको संख्या ह््वातै बढेको र नयाँ भर्ना हुनेको संख्या मात्र नबढेर पहिलादेखी अध्ययनरत बालिकाहरु पनि अहिले नियमित विद्यालय आउन थालेको बताइन् ।  
    यता साइकल पाएपछि छात्राहरु पनि निकै उत्साहित देखिएका छन् । सोही माविको कक्षा ८ मा अध्ययनरत छात्रा मनिषाकुमारी खंगले साइकल पाएपछि नियमित विद्यालय जान हाँैसला मिलेको बताइन् । अर्का छात्रा गजाला प्रविणले घरबाट विद्यालय टाढा पर्ने तथा अभिभावकको ज्यालाले दश हजार खर्चेर साइकल खरीद गर्न असमर्थ रहेका बेला निशुल्क रुपमा साइकल पाउँदा निकै खुशी लागेको बताइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
कोशी पीडितको आन्दोलन स्थगन पर्वपछि आन्दोलन चर्काउने  कोशी पीडितको चेतावनी
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
लेखी एमालेमा प्रवेश
लेखी एमालेमा प्रवेश
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
अग्निपीडितलाई निशुल्क खाना खुवाइदै,  कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध 
अग्निपीडितलाई निशुल्क खाना खुवाइदै,  कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध