खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव

राजविराज राजविराज
|
बिहिबार, भाद्र १९, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको कंचनरुप नगरपालिकास्थित सर्वोदय मा.
  • वि.
  • को प्राङगणमा बिहीबार आयोजित, कंचनरुप नगरपालिका बालमैत्री नगर घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री पंडितले सो चेतावनी दिएका हुन ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौं । 
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने चेतावनी दिएका छन् । 
    सप्तरीको कंचनरुप नगरपालिकास्थित सर्वोदय मा.वि.को प्राङगणमा बिहीबार आयोजित, कंचनरुप नगरपालिका बालमैत्री नगर घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री पंडितले सो चेतावनी दिएका हुन । 


    तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केहि पनि नपाउने बताउँदै उनले भने, “२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्त हुन्छ ।” 
    मन्त्री पण्डितले लोकसेवा विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलन र आन्दोलनका अगुवाहरुले भ्रम मात्र छर्ने काम गरेको बताए । मन्त्री पंडितले नेकपा नेतृत्वको सरकार देशमा आमुल परिवर्तन हुने गरी समृद्घि र विकासको ढोका खोल्न प्रयासरत रहेको बताए । 
    उनले मुलुकमा संघीय गणतन्त्र आइसकेको बताउँदै यदी कसैले राजतन्त्र ल्याउने सपना देखेका छन् भने उनीहरुको सपना सपनामै सीमित रहने चेतावनी समेत दिए । 
    यसैबीच सप्तरीको कंचनरुप नगरपालिका प्रदेश २ कै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानिय तह घोषणा कार्य विधिमा व्यवस्था भए बमोजिमका सूचकहरु १२ वटै वडाले पुरा गरे पश्चात् विहिबार एक समारोह विच कंचनरुप नगरपालिकालाई बालमैत्री नगरपालिकाको घोषणा गरिएको हो । 
    बालमैत्री नगर घोषणा समारोहका प्रमुख अतिथि समेत रहेका मन्त्री पंडितले कंचनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेसँगै यसलाई अभियानको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।
    संघियता पछिको नेपालको तेस्रो तथा प्रदेश २ को पहिलो बालमैत्री नगरघोषणा भएको जानकारी दिएका नगरप्रमुख बसन्त मिश्रले बालमैत्री नगर घोषणाका लागी आवश्यक पर्ने पूर्व बालबचाऔं संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास लगायतका कार्यपुरा भएपछि बालमैत्री नगर घोषणा गरिएको जानकारी दिए । 
    उनले बालसंरक्षण र विकासका लागी नगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरिएको जानकारी पनि दिए । बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरे बमोजिम ३९ वटा सूचकहरु नगरपालिकाले पुरा गरिसकेको उनको भनाई थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह
केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
बस र शुमो ठोक्किदा पाँच जना घाइते 
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा