दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सप्तरीको महादेवा गाउँपालिका ५ स्थित स्वास्थ चौकी भगवतपुरमा नियमित कर्मचारी कार्यालयमा नआउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । सो गाउँपालिका उपप्रधानमन्त्रि तथा स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको पूर्खौली गाउँ समेत हो ।
यसैबीच बिहीबार सो गाउँपालिका वडा नं. ५ दुर्गापुरकी गर्भवति महिला पुनिता देवी मण्डल, जिन्ता देवी मण्डल र नेहा देवी मण्डल स्वास्थ्य चौकीमा १२ वजेसम्म बस्दा समेत कर्मचारी कार्यालयमा नआउँदा निरास भएर फर्केका छन् ।
यता स्वास्थ चौकी भगवतपुरका प्रमुख शकुन्तला देवी मण्डलले बिहीवार इद उल फित्र पर्वको विदा भनेर कर्मचारी नआएको जानकारी दिएकी छन् ।
स्थानिय सेवाग्राहीका अनुसार कर्मचारी नियमित नआउदाँ बिरामीहरू उपचार गराउन बाहिर जानुपर्ने बाध्यता रहेको महादेवा गाउँपालिका ५ भगवतपुरका राजाराम मण्डलले गुनासो गरे । सो स्वास्थ चौकी भगवतपुरमा प्रमुख शकुन्तला देवी मण्डल, उपनारायण यादव, निरुता केसी, बुधसेन दास लगायतका कर्मचारी रहेका छन् ।
उपप्रमको पूर्खौली गाउँको स्वास्थ्य चौकीमा नियमित कर्मचारी आउँदैनन्
सारांश
- यसैबीच बिहीबार सो गाउँपालिका वडा नं.
- ५ दुर्गापुरकी गर्भवति महिला पुनिता देवी मण्डल, जिन्ता देवी मण्डल र नेहा देवी मण्डल स्वास्थ्य चौकीमा १२ वजेसम्म बस्दा समेत कर्मचारी कार्यालयमा नआउँदा निरास भएर फर्केका छन् ।
- यता स्वास्थ चौकी भगवतपुरका प्रमुख शकुन्तला देवी मण्डलले बिहीवार इद उल फित्र पर्वको विदा भनेर कर्मचारी नआएको जानकारी दिएकी छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया