१६ वर्षिया किशोरी बलात्कृत 

राजविराज राजविराज
|
बिहिबार, आश्विन ११, २०८०
|
|
८४ पटक हेरिएको
Shares
१६ वर्षिया किशोरी बलात्कृत 

सारांश

  •     पीडित पक्षले बुधबार प्रहरीमा उजुरी दिएपछि घटनाको ९ दिनपछि उक्त घटना सार्वजनिक भएको हो ।
  •       असोज ३ गते भएको उक्त घटना गाउँघरमा ढाकछोपको प्रयास तथा घटना मिलाउन दबाब दिँदा ढिलो गरी प्रहरी समक्ष आइपुगेको प्रहरीको भनाई छ ।
  •       प्रहरीका अनुसार असोज ३ गते रातीको समयमा साहले ती किशोरीलाई विभिन्न बहानामा बोलाई गाई गुहालीमा लगि बलात्कार गरेको खुलेको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज । 

    सप्तरीकोे डाक्नेश्वरी नगरपालिका ३ की १६ वर्षिया एक दलित किशोरीलाई सोही वडा निवासी २४ वर्षिय महेशकुमार साहले बलात्कार गरेका छन् । 
    पीडित पक्षले बुधबार प्रहरीमा उजुरी दिएपछि घटनाको ९ दिनपछि उक्त घटना सार्वजनिक भएको हो । 
    असोज ३ गते भएको उक्त घटना गाउँघरमा ढाकछोपको प्रयास तथा घटना मिलाउन दबाब दिँदा ढिलो गरी प्रहरी समक्ष आइपुगेको प्रहरीको भनाई छ । 
    प्रहरीका अनुसार असोज ३ गते रातीको समयमा साहले ती किशोरीलाई विभिन्न बहानामा बोलाई गाई गुहालीमा लगि बलात्कार गरेको खुलेको छ । पीडित किशोरीले मुख थुनेर मार्ने धम्की दिँदै जबरजस्ती गरेको बताएकी छिन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले किशोरीलाई बलात्कार गर्ने महेश र बलात्कारको घटना मिलाउन दबाब दिने अर्का एक युवक प्रहरीमा उजुरी परेको थाहा पाएपछि फरार भएका छन् । 
    फरार दुबै जनाको खोजिकार्य भइरहेको जनाउँदै बलात्कारको घटना ढाकछोप तथा मिलाउन दबाब दिने युवकको नाम अनुसन्धानमा बाधा पर्न नदिने मनसायले गोप्य राखिएको प्रहरीको भनाई छ । 
    किशोेरीका आफन्तले महेश र घटना मिलाउन दाबब दिने व्यक्ति बिरुद्ध किटानी जाहेरी समेत दिएका छन् । किशोरीको स्वास्थ्य परिक्षणबाट पनि बलात्कारको पुष्टि भएको भन्दै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
करेन्ट लागेर बृद्धको मृत्यु
करेन्ट लागेर बृद्धको मृत्यु
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?