बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते

सारांश

  •     पूर्व पश्चिम लोकमार्गमा अन्तरगत सो नगरपालिका वडा नं.
  • २ बरमझियामा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश०२–००१ख०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना.
  • ३ख.

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 

    सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । बसमा सवार ५५ जना यात्रु सबार थिए ।
    पूर्व पश्चिम लोकमार्गमा अन्तरगत सो नगरपालिका वडा नं. २ बरमझियामा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश०२–००१ख०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना.३ख. ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । 
    दुर्घटनामा परि बसमा सवार नाम, ठेगाना खुल्न नसकेको अन्दाजी ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
    दुर्घटनामा बस चालकसहित पाँच जना भारतीय नागरिकसँगै करिब १२ जना घाइते भएका छन् । भारतको जिल्ला मधुवनी सुजातपुर नगरपालिका ११ का ३२ वर्षीय मो. सहिद, १२ वर्षीय अलताफ ईनताफ, भारत रागोरपुर बख्री ४ का २२ वर्षीय अनिसकुमार शर्मा, जिल्ला सितामडी भिठामोड ४ बस्ने २४ वर्षीय सुभान्सुकुमार झा र भारत सिरखण्डी भिठा ६ बस्ने का ७३ वर्षीया शान्ती देवी घाइते भएको प्रहरीले जनाएको छ ।
    यसैगरी, महोत्तरी जलेश्वर नगरपालिका ४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा गाउँपालिका ४ को ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया गाउँपालिका ६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने टिका देवी दुलाल, सर्लाही पर्सा गाउँपालिका ६ का ४० वर्षीय मनोजकुमार साह र मोरङ सुन्दर हरैचा न.पा. ४ का २७ वर्षीय २७ की कृतिका कोइराला घाइते भएका छन् ।
    घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
राष्ट्रियसभा निर्वाचन तथा मधेशी दल
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन