महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै

राजविराज राजविराज
|
शनिबार, भाद्र ६, २०७७
|
|
५३ पटक हेरिएको
Shares
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै

सारांश

  • राजविराज वडा नं.
  • ९ मलेठस्थित जनज्योति कृषि सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व बहन गर्दै शुक्रबार वडाको सम्पूर्ण टोल, सडक, सार्वजनिक स्थल, अस्पताल लगायतका स्थानहरुमा किटनाशक औषधी छर्किएको हो ।
  •   सप्तरी यूथको प्राविधिक सहयोगका साथै समन्वय तथा संस्थाको आर्थिक सहयोगमा महामारीको यस समयमा आफ्नो वडाप्रति थोरै भएपनि सामाजिक उत्तरदायित्व निर्वाह गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौं । 
कोरोना भाइरस महामारी समुदायस्तरमा फैलिदै गएको अवस्थामा राजविराजस्थित एक सहकारी संस्थाले महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किएको छ । 


राजविराज वडा नं. ९ मलेठस्थित जनज्योति कृषि सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व बहन गर्दै शुक्रबार वडाको सम्पूर्ण टोल, सडक, सार्वजनिक स्थल, अस्पताल लगायतका स्थानहरुमा किटनाशक औषधी छर्किएको हो । 


सप्तरी यूथको प्राविधिक सहयोगका साथै समन्वय तथा संस्थाको आर्थिक सहयोगमा महामारीको यस समयमा आफ्नो वडाप्रति थोरै भएपनि सामाजिक उत्तरदायित्व निर्वाह गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिए । 


सो अवसरमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत मदनबहादुर थापा, वडा अध्यक्ष शम्भुप्रसाद यादव, जसपाका नेता भिमराज यादव लगायतले समाजिक उत्तरदायित्व बहन गरेको कार्यप्रति संस्थालाई धन्यवाद दिए । 


संक्रमणको जोखिम भएका स्थल तथा सार्वजनिक स्थलहरुमा औषधी छर्कने काम उपकरणसहित स्वयमसेवकहरुले गरेको सप्तरी युथका कोषाध्यक्ष विष्णु यादवले वताए ।
यसअघि सप्तरी युथले राजविराज ७ स्थित हटिया, उच्च अदालत जनकपुर–राजविराज इजलास, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, खडक नगरपालिका, गजेन्द्रनारायण सिंह अस्पताल, साईकृष्ण मेडिकल कलेजस्थित आईसोलेसन कक्षमा किटनाशक औषधी तथा सेनिटाईजर छरिसकेको कोषाध्यक्ष यादवले जानकारी दिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?