दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीको नवनिर्मित स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टरको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । यो सँगै सप्तरीमा बर्थिङ सेन्टरको संख्या ३३ पुगेको छ ।
उक्त नवनिर्मित भवनको राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले उद्घाटन गर्दै स्वस्थ नागरिकले मात्र स्वस्थ समाजको निर्माण गर्ने भएकोले सुविधा सम्पन्न स्वास्थ्य संस्था आवश्यक रहेको बताएका छन् ।
सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले करिब ६० लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टर निर्माण गरिएको जानकारी दिँदै सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउने तथा गर्भवति महिलालाई आफ्नै गाउँठाउँमा सुरक्षित साथ सुत्केरी गराउने गाउँपालिकाको नीति अनुरुप वर्थिङ्ग सेन्टर सञ्चालन गरिएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्वास्थ्य सेवा गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराउँदै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाको नीति बमोजिम सबै वडाका स्वास्थ्य संस्थाहरुको संस्थागत विकासमा लागिपरेको बताए ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्नउद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, सेभ द चिल्डे«नका देवकृष्ण भगत, वडा अध्यक्षद्वय खगेन्द्र मण्डल र मनोज चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
सारांश
- उक्त नवनिर्मित भवनको राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले उद्घाटन गर्दै स्वस्थ नागरिकले मात्र स्वस्थ समाजको निर्माण गर्ने भएकोले सुविधा सम्पन्न स्वास्थ्य संस्था आवश्यक रहेको बताएका छन् ।
- सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले करिब ६० लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टर निर्माण गरिएको जानकारी दिँदै सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउने तथा गर्भवति महिलालाई आफ्नै गाउँठाउँमा सुरक्षित साथ सुत्केरी गराउने गाउँपालिकाको नीति अनुरुप वर्थिङ्ग सेन्टर सञ्चालन गरिएको बताए ।
- गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्वास्थ्य सेवा गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराउँदै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाको नीति बमोजिम सबै वडाका स्वास्थ्य संस्थाहरुको संस्थागत विकासमा लागिपरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया