सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०८२
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

सारांश

  •     बरख गणका गणपति सोबित बहादुर चन्दले जिल्लाको चार वटै क्षेत्रमा गरि ६ सय ५० सेना परिचालन गरिएको जानकारी दिएका छन् ।
  •       आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको उनले जानकारी समेत दिए ।
  •     “जिल्लाको विभिन्न क्षेत्रमा सेनाले फ्ल्याग मार्च गर्ने छ”, उनले भने, “चार वटै क्षेत्रको मुख्य मुख्य स्थानमा २४ औं घण्टा सेनाले फ्ल्याग मार्च गरि निगरानी गर्नेछ ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 

    आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबारदेखी देशभर सेना परिचालन गरिएको छ । जसअन्तरगत सप्तरीको चार वटै क्षेत्रमा राजविराजस्थित सेनाको बरख गणबाट सेना परिचालन गरिएको हो । 
    बरख गणका गणपति सोबित बहादुर चन्दले जिल्लाको चार वटै क्षेत्रमा गरि ६ सय ५० सेना परिचालन गरिएको जानकारी दिएका छन् । 
    आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको उनले जानकारी समेत दिए ।
    “जिल्लाको विभिन्न क्षेत्रमा सेनाले फ्ल्याग मार्च गर्ने छ”, उनले भने, “चार वटै क्षेत्रको मुख्य मुख्य स्थानमा २४ औं घण्टा सेनाले फ्ल्याग मार्च गरि निगरानी गर्नेछ ।”
    जिल्लाको चार वटै क्षेत्रमा गरि कुल २ सय ९६ मतदान स्थल मध्ये २ सय ९ मतदान स्थल अतिसंवेदनशिल र ८३ स्थल संवेदनशिल रहेको छ । गणपति चन्दले भने “जिल्लाको ४ वटा मतदान स्थल मात्र सामान्य सूची रहेका छन् । 
    गणपति चन्दले भने, “निर्वाचन अवधीभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न, सम्भावित जोखिम न्यूनिकरण गर्न तथा जिल्लाका नागरिकलाई सुरक्षित रुपमा आफ्नो मताधिकार प्रयोग गर्न सहयोग पु¥याउने मुख्य जिम्मेवारीका साथ नेपाली सेनाको बरख गणले विभिन्न निकायहरुसँग समन्वयमा जिल्लाको विभिन्न स्थानमा सक्रियका साथ सेना परिचालन गरेको छ ।”
    निर्वाचन सुरक्षाका लागी सेनाले ३ चरणमा काम गर्ने छ । जसमा मतपत्र छपाई पछि चुनावी मतदान स्थल र मतगणना स्थल सम्मको सुरक्षा समावेश रहेको उनले बताए । 
    निर्वाचन सुरक्षाका लागी यहाँस्थित जिल्ला प्रहरी कार्यालयबाट १ हजार ७ सय १३ तथा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर सप्तरीबाट ८ सय ६९ सुरक्षाकर्मी परिचालन गरिएको हो । 
    यस्तै निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका ४ हजार २ सय २२ निर्वाचन प्रहरी पनि जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ । प्रतिनीधसभा सदस्य पदका लागी ४ निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता छन । जसका लागी जिल्ला भर २ सय ९६ मतदान स्थल तथा ५ सय ६२ मतदान केन्द्र निर्धारण गरिएको छ । 
    निर्वाचन प्रयोजनका लागी ३ हजार ३ सय ७२ कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ
मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै