जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 

राजविराज राजविराज
|
मंगलबार, आश्विन ११, २०७९
|
|
२१ पटक हेरिएको
Shares
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 

सारांश

  •     संघिय संसदको दुबै सभाबाट पारित भई प्रमाणिकरणका लागी पुगे पनि राष्ट्रपतीले रोकेको विरोधमा राजविराजमा प्रर्दशनसहित राष्ट्रपतिको पुत्ला दहन गरिएको हो ।
  •       स्थानीय शिवमन्दिर परिसरबाट पुत्लासहित निस्केको जुलुश राष्ट्रपती विरुद्ध चर्काे नाराबाजी गर्दै शहिद दशन चौक पुगेपछी पुत्ला दहन गर्दै विरोध सभामा परिणत भएको थियो ।
  •       पुत्ला दहन गर्ने क्रममा जसपाका जिल्ला अध्यक्ष शिवम यादवको हातमा अचानक आगो लाग्दा उनी घाईते भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज ।

    राष्ट्रपती विद्यादेवी भण्डारीले चालेको कदम असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकटका वर्गिय संगठनहरुले संयुक्तरुपमा मंगलबार राजविराजमा प्रर्दशन र पुत्ला दहन गरेका छन् । 
    संघिय संसदको दुबै सभाबाट पारित भई प्रमाणिकरणका लागी पुगे पनि राष्ट्रपतीले रोकेको विरोधमा राजविराजमा प्रर्दशनसहित राष्ट्रपतिको पुत्ला दहन गरिएको हो । 
    स्थानीय शिवमन्दिर परिसरबाट पुत्लासहित निस्केको जुलुश राष्ट्रपती विरुद्ध चर्काे नाराबाजी गर्दै शहिद दशन चौक पुगेपछी पुत्ला दहन गर्दै विरोध सभामा परिणत भएको थियो । 
    पुत्ला दहन गर्ने क्रममा जसपाका जिल्ला अध्यक्ष शिवम यादवको हातमा अचानक आगो लाग्दा उनी घाईते भएका छन् । पुत्ला दहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा प्रर्दशनकारी संग समान्य घम्साघम्सी समेत भएको थियो । 
    सभालाई समाजवादी युवा संघका जिल्ला अध्यक्ष शिवम यादव, समाजवादी युवा संघका प्रदेश उपाध्यक्ष भुवनेश्वर यादव थापा, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष संजय यादव, समाजवादी युवा संघका केन्द्रीय सचिव विशाल यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम यादव, महिला नेतृ नितु पण्डित लगायतले संम्बोधन गर्दै संविधानको संरक्षक राष्ट्रपतीलाई मानिए पनि उनैबाट गैर संवैधानिक काम भएको भन्दै उक्त कदम विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै