दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
राजविराज नगरपालिका वडा नं. ८ स्थित एक घर अगाडी पार्किङ गरि राखिएको अवस्था बस चोरी भएको छ ।
साइकल र मोटरसाइकल चोरीको घटना हुने गरेपनि बस चोरीको घटना भने सम्भव त जिल्लामा पहिलो पटक भएको छ ।
राजविराज नगरपालिका ८ निवासी प्रदिप कुमार जैनले घर अगाडी पार्किङ गरि राखेको ना.५ख. ४६८५ नम्बरको लक्ष्मी–गणेश ट्राभल्स नामक बस शनिबार राती चोरी भएको हो ।
राजविराज–काकडभिट्टा रुटमा चल्ने ४० सीट भएको उक्त बस शनिबार राती ११ बजेतिर चोरी भएको बसधनी जैनले बताए ।
आइतबार बिहान घरबाट केही टाढा रहेको अशोक यादवको पसलमा जडान गरिएको सीसी क्यामराको फुटेजले ११ बजेर ८ मिनेटमा उक्त बस रुपनी मार्गतर्फ गइरहेको देखाएको छ । यद्दपी चोरी गरि लाने चालकको अनुहार सीसी क्यामरामा कैद हुन सकेको छैन् ।
यस्तै उक्त बस राती ११ बजेर ३४ मिनेटमा रुपनी हुँदै लहानतर्फ गइरहेको इलाका प्रहरी कार्यालय रुपनीको सीसी क्यामरा फुटेजले देखाएको छ ।
चोरी भएका बस विभिन्न नाकामा सीसी क्यामरामा देखिएपनि चोर र बस अहिलेसम्म पत्ता नलाग्नु अचम्मको विषय भएको सवारीधनी जैनको भनाई छ । सीसी क्यामरा फुटेजको आधारमा चोर र बसको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
घर अगाडी पार्किङ गरि राखिएको बस चोरी
सारांश
- साइकल र मोटरसाइकल चोरीको घटना हुने गरेपनि बस चोरीको घटना भने सम्भव त जिल्लामा पहिलो पटक भएको छ ।
- राजविराज नगरपालिका ८ निवासी प्रदिप कुमार जैनले घर अगाडी पार्किङ गरि राखेको ना.
- ५ख.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया