आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन

राजविराज राजविराज
|
बुधबार, मंसिर २४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन

सारांश

  •     संघर्ष समितिका संयोजक मोहन कुमार यादवद्वारा बुधबार जारि विज्ञप्तिमा मंसिर २६ गते शुक्रबारदेखी सात दिने रिले अनसनको आन्दोलन घोषणा गरिएको उल्लेख छ ।
  •       दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मंसिर २६ गते स्थान्ीय गजेनद्र चौकमा जिल्लाका पालिका प्रमुखहरु रिले अनसनमा बस्ने जनाइएको छ ।
  •       सोही विज्ञप्तिमा अनसनको तयारीका लागि जितेन्द्र प्रसाद गुप्ताको संयोजकत्वमा सात सदस्य तयारी समिति गठन गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 

    आन्तरिक राजश्व कार्यालय स्थापना संघर्ष समितिले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । 
    संघर्ष समितिका संयोजक मोहन कुमार यादवद्वारा बुधबार जारि विज्ञप्तिमा मंसिर २६ गते शुक्रबारदेखी सात दिने रिले अनसनको आन्दोलन घोषणा गरिएको उल्लेख छ । 
    दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मंसिर २६ गते स्थान्ीय गजेनद्र चौकमा जिल्लाका पालिका प्रमुखहरु रिले अनसनमा बस्ने जनाइएको छ । 
    सोही विज्ञप्तिमा अनसनको तयारीका लागि जितेन्द्र प्रसाद गुप्ताको संयोजकत्वमा सात सदस्य तयारी समिति गठन गरिएको जनाइएको छ । गुप्ताको संयोजकत्वमा गठित तयारी समितिका सदस्यहरुमा लक्ष्मण यादव, जय नारायण यादव, प्रमोद कुमार मंडल, अमृत कुमार संचेती, प्रविन कुमार देव, विजय कुमार देव लगायतका छन् । 
    दोश्रो चरणका आन्दोलनका कार्यक्रममार्फत पनि माग पुरा नभए अझ कडा भन्दा कडा आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ । 
    मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
रौतहट बस दुर्घटनामा सप्तरीका ७ जनासहित एक दर्जन भन्दा बढी घाइते 
रौतहट बस दुर्घटनामा सप्तरीका ७ जनासहित एक दर्जन भन्दा बढी घाइते 
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पार्किङ गरिएको भ्यानमा आगजनी
पार्किङ गरिएको भ्यानमा आगजनी
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
किर्तिमानी खेलाडी अजितसहित उत्कृष्ट छात्रछात्रा पुरस्कृत
किर्तिमानी खेलाडी अजितसहित उत्कृष्ट छात्रछात्रा पुरस्कृत
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ