दैनिक समाचारदाता
राजविराज, १६ वैशाख ।
सशस्त्र प्रहरीले लागुऔषधसहित दुई यूवकलाई बिहीबार पक्राउ गरेको छ ।
भारतीय सीमासँग जोडिएको सप्तरीको राजगढ गाउँपालिका २ आन्द्रामोठ क्षेत्रमा चेकजाचको क्रममा लागुऔषधसहित दुबै यूवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतीय सीमा क्षेत्रबाट चोर बाटो हुँदै मोटरसाइकलमा नेपालतर्फ लागुऔषधसहित आउँदै गरेका राजविराज नगरपालिका ८ बस्ने ४३ वर्षिय गज्जु दास र विष्णुपुर गाउँपालिका ७ कनकटा बस्ने २८ वर्षिय अभिमन्यु कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम सुई ६५, डाइजेल्याब सुई ६४, फेनारगन सुई र लेजिस सुई ६५/६५ थान तथा नाइट्रोक्सन ट्याबलेट ५० थान बरामद गरिएको जनाइएको छ ।
यस्तै उनीहरुको साथबाट लागुऔषध ओसारपोसारमा प्रयोग गरिएको एक थान मोटरसाइकल तथा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट लक्ष्मी कुमार मण्डल र बोधनी देवीको नाममा जारि गरिएको दुई थान नागरिकताको प्रतिलिपी समेत बरामद गरिएको छ ।
प्रहरीलाई देख्ना साथ भाग्न खोजेका दुबै जनालाई सशस्त्र प्रहरी हवल्दार मो. फारुक मियाँ नेतृत्वको टोलीले पछ्याउँदै घटना स्थलबाट केही दुरीमै पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका दुबैमाथी नेपाल प्रहरीको समन्वयमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वारटर राजविराजले जनाएको छ ।
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ
सारांश
- भारतीय सीमासँग जोडिएको सप्तरीको राजगढ गाउँपालिका २ आन्द्रामोठ क्षेत्रमा चेकजाचको क्रममा लागुऔषधसहित दुबै यूवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
- भारतीय सीमा क्षेत्रबाट चोर बाटो हुँदै मोटरसाइकलमा नेपालतर्फ लागुऔषधसहित आउँदै गरेका राजविराज नगरपालिका ८ बस्ने ४३ वर्षिय गज्जु दास र विष्णुपुर गाउँपालिका ७ कनकटा बस्ने २८ वर्षिय अभिमन्यु कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
- उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम सुई ६५, डाइजेल्याब सुई ६४, फेनारगन सुई र लेजिस सुई ६५/६५ थान तथा नाइट्रोक्सन ट्याबलेट ५० थान बरामद गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया