सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय

राजविराज राजविराज
|
बुधबार, आषाढ ४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय

सारांश

  •     बैठकले हुलाकी सडक योजना अन्तर्गत कंचनरुप हनुमाननगर सडक खण्ड अन्तर्गत राजविराजदेखि भलुवाही खोला नजिक निर्माणाधीन अवस्थामा रहेका सडक खण्ड राजविराज नगरपालिकाको क्षेत्राधिकार पर्ने भएकोले राजबिराज नगरपालिकाको समन्वयमा सडक खण्ड नाप जाँच पश्चात तत्कालै सडक निर्माण कार्य तत्काल सुचारु गर्ने निर्णय गरेको छ ।
  •       त्यस्तै बैठकले महेन्द्र राजमार्ग अन्तर्गत कमला कंचनपुर खण्ड अन्तर्गत कंचनपुरदेखि कुशहासम्म निर्माण कार्य अधुरो रहेको र बर्षातको समय नजिकिएसँगै सडक हिलो तथा खाडोहरुमा पानी जमि दुर्घटना समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यही आर्थिक मसान्त भित्र सम्पन्न गर्न सम्बन्धित कार्यालयले निर्णमा व्यवसायीसँग समन्वय गरी तत्काल निर्माण कार्य सम्पन्न गराउने निर्ण पनि गरेको छ ।
  •       बर्षातको समयमा अधुरो रहेको निर्माण कार्यहरु जस्तैः रुपनी–राजबिराज सडक खण्ड, राजविराज–सखडा सडक खण्ड, राजविराज–हुनमाननगर–भारदह सडक खण्ड लगायत अन्य सडक खण्डहरुमा वर्षातको समयमा नाली तथा रोडहरुमा पानी जमि हिलो भई स्थानी बासी तथा सवारी साधन समेतको आवागमनमा समस्या भईरहेको र यसवाट सवारी साधान दुर्घटना समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यथाशिघ्र निर्माण कार्य सुचारु गरी यही आर्थिक वर्षको मसान्त सम्म सम्पन्न गर्ने व्यवस्था सम्बन्धित निर्माण व्यवसायी र डिभिजन सडक कार्यालय लहानले गर्ने निर्णय गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ असार ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षमा बुधबार बसेको सम्बन्धीत कार्यालयहरुका प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिसहित सर्वदलिय बैठकले जिल्लाका विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय गरेको छ ।      
    बैठकले हुलाकी सडक योजना अन्तर्गत कंचनरुप हनुमाननगर सडक खण्ड अन्तर्गत राजविराजदेखि भलुवाही खोला नजिक निर्माणाधीन अवस्थामा रहेका सडक खण्ड राजविराज नगरपालिकाको क्षेत्राधिकार पर्ने भएकोले राजबिराज नगरपालिकाको समन्वयमा सडक खण्ड नाप जाँच पश्चात तत्कालै सडक निर्माण कार्य तत्काल सुचारु गर्ने निर्णय गरेको छ । 
    त्यस्तै बैठकले महेन्द्र राजमार्ग अन्तर्गत कमला कंचनपुर खण्ड अन्तर्गत कंचनपुरदेखि कुशहासम्म निर्माण कार्य अधुरो रहेको र बर्षातको समय नजिकिएसँगै सडक हिलो तथा खाडोहरुमा पानी जमि दुर्घटना समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यही आर्थिक मसान्त भित्र सम्पन्न गर्न सम्बन्धित कार्यालयले निर्णमा व्यवसायीसँग समन्वय गरी तत्काल निर्माण कार्य सम्पन्न गराउने निर्ण पनि गरेको छ । 
    बर्षातको समयमा अधुरो रहेको निर्माण कार्यहरु जस्तैः रुपनी–राजबिराज सडक खण्ड, राजविराज–सखडा सडक खण्ड, राजविराज–हुनमाननगर–भारदह सडक खण्ड लगायत अन्य सडक खण्डहरुमा वर्षातको समयमा नाली तथा रोडहरुमा पानी जमि हिलो भई स्थानी बासी तथा सवारी साधन समेतको आवागमनमा समस्या भईरहेको र यसवाट सवारी साधान दुर्घटना समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यथाशिघ्र निर्माण कार्य सुचारु गरी यही आर्थिक वर्षको मसान्त सम्म सम्पन्न गर्ने व्यवस्था सम्बन्धित निर्माण व्यवसायी र डिभिजन सडक कार्यालय लहानले गर्ने निर्णय गरेको छ । 
    सप्तरी जिल्ला भित्र निर्माण भइरहेका बमोजिमका निर्माण तथा मर्मत सम्भारको लागि तोकिएको समयमा सम्पन्न हुने गरी सम्बन्धित कार्यालय र आयोजना तथा निर्माण व्यवसायी प्रतिबद्ध रहने तथा समयमा निर्माण कार्य सम्पन्न नभएमा सम्बन्धित कार्यालय र आयोजनाले आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउने निर्णय पनि गरिएको छ ।
    जिल्ला भित्र निर्माण भईरहेका अधुरो योजनाहरुको कार्यसम्पन्न गर्ने सम्बन्धमा सम्बन्धित कार्यालयको कार्यालय प्रमुख तथा निर्माण व्यवसायीहरुले बैठकमा गरेको प्रतिबद्धता पुरा हुने गरी आयोजना कार्यान्वयन कार्ययोजना तीन दिन भित्र प्रमुख जिलला अधिकारी समक्ष पेश गर्ने सहमति भएको छ । 
    यस्तै राजविराज नगरपालिका भित्र निर्मणाधीन अवस्थामा रहेको हटियाको अधुरो रहेका निर्माण कार्य २०८२ साल असार मसान्त भित्र हटिया संचालनमा ल्याउने व्यवस्था सघन शहरी तथा भवन निर्माण आयोजनाले मिलाउने बैठकले पारित गरेको छ । 
    तिलाठी कोइलाडी गाउँपालिका वडा १ स्थित भंसार कार्यालय देखि पूर्व निर्माणाधीन अवस्थामा रहेको जिता खोलाको कारण सडक अबरुद्ध रहेकोले वर्षातको समय आउनु अगावै निर्माण कार्य सुचारु गरी सडक संचालनमा ल्याउने तथा हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत बनौली पुल पूर्ण रुपमा निर्माण नभएको कारण वर्षातमा सवारी साधन अवागमन तथा सर्वसाधारण जनतालाई हिडडुल गर्न समस्या भईरहेकोले तत्कालै मर्मत गर्ने व्यवस्था सम्बन्धित आयोजना कार्यालय र निर्माण व्यवसायीले गर्ने बैठकबाट निर्णय भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
सरसफाइप्रति पवित्री देवीको मोह
सरसफाइप्रति पवित्री देवीको मोह
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द