सामाजिक परिचालकले निरन्तरताका लागि जिसस प्रमुखलाई गुहार्दै

राजविराज राजविराज
|
मंगलबार, माघ २९, २०७५
|
|
१०६ पटक हेरिएको
Shares
सामाजिक परिचालकले निरन्तरताका लागि जिसस प्रमुखलाई गुहार्दै

सारांश

  •     मंगलवार जिसस कार्यलयमा जिल्ला सामाजिक परिचालकहरूले प्रमुख प्रभाकर यादबलाई समाजिक परिचालक तथा कार्यलय सहायक पत्रमा निरन्तरताका लागि मााग सहित ज्ञापनपत्र बुझाएको हो ।
  •       २०६६ सालदेखि नै सामाजिक परिचालनका कार्यमा घरघरमा पुगेर समुदाय अभिमुखिकरण तथा महिला सशक्तिकरण कार्यमा उल्लेखनिय योगदान पु¥याउदै आएपनि हाल स्थानिय तहले सामाजिक परिचालकलाई नियुक्ती नदिएको सामाजिक परिचालक संघक जिल्ला अध्यक्ष सुरेश कुमार सडोकले दुखेसो पोखे ।
  •     सामाजिक परिचालक कर्मचारीहरूलाई नेपाल सरकारले कार्यालय सहायक पदमा २०७४ चैत १६ देखि अषार मसान्त सम्म सम्बन्धी वडाहरूमा नियुक्ती दिई काम गर्दै आएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
    नेपाल सामाजिक परिचालक कर्मचारी संघ सप्तरीले नियुक्तीको माँग गर्दै जिल्ला समन्वय समिति प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
    मंगलवार जिसस कार्यलयमा जिल्ला सामाजिक परिचालकहरूले प्रमुख प्रभाकर यादबलाई समाजिक परिचालक तथा कार्यलय सहायक पत्रमा निरन्तरताका लागि मााग सहित ज्ञापनपत्र बुझाएको हो । 
    २०६६ सालदेखि नै सामाजिक परिचालनका कार्यमा घरघरमा पुगेर समुदाय अभिमुखिकरण तथा महिला सशक्तिकरण कार्यमा उल्लेखनिय योगदान पु¥याउदै आएपनि हाल स्थानिय तहले सामाजिक परिचालकलाई नियुक्ती नदिएको सामाजिक परिचालक संघक जिल्ला अध्यक्ष सुरेश कुमार सडोकले दुखेसो पोखे ।
    सामाजिक परिचालक कर्मचारीहरूलाई नेपाल सरकारले कार्यालय सहायक पदमा २०७४ चैत १६ देखि अषार मसान्त सम्म सम्बन्धी वडाहरूमा नियुक्ती दिई काम गर्दै आएको उनले बताए । पछि सामाजिक परिचालक कर्मचारी संघ सप्तरीले पुनःनिरन्तरताका लागि स्थानिय तह र प्रदेश सरकारलाई पहल गरेपछि धेरै स्थानिय तहमा समाजिक परिचालक तथा कार्यालय सहायक पदमा राखेपनि केही तहमा राख्न नमानेको सामाजिक परिचालक संघका कोषाध्यक्ष तारा कटुवालले बताईन ।
    सप्तरीको १८ स्थानिय तह मध्ये १३ स्थानिय तहमा सामाजिक परिचालकहरूलाई नियुक्ती दिई निरन्तरता दिएको मध्येमा ४ वटा नगरपालिका र एउटा गाँउपालिकाले सामाजिक परिचालकलाई राख्न आलटाल गर्दै आएको समाजिक परिचालक संतोष यादबले गुनासो गरे ।
    निरन्तरता दिन नचाहेका मध्ये राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, खडग नगरपालिका, बोदेबरसाईन नगरपालिका र बिष्णुपुर गाँउपालिकाले सामाजिक परिचालक कर्मचारीहरूलाई राख्न नचाहेको उनले बताए ।
    यता जिसस प्रमुख यादबले सामाजिक परिचालकहरूलाई स्थानिय तहमा समाबेश गर्नुपर्ने बताउदै यसका लागि प्रदेश सरकार तथा स्थानिय तहलाई पत्रचार गरि पहल गर्ने प्रतिबद्धाता जनाए ।
    यसअघि स्थानिय निकायबिहिन रहेको अबस्थामा सामाजिक परिचालकहरूले नगरपालिका तथा तत्कालिन गाविसमा सामाजिक परिचालनदेखि कार्यालय संचालन समेतमा सहयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार
कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
आगलागिमा घर र गाइगोठ नष्ट
आगलागिमा घर र गाइगोठ नष्ट
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी