विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव

राजविराज राजविराज
|
बुधबार, माघ १९, २०७८
|
|
४५ पटक हेरिएको
Shares
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव

सारांश

  •     केही वर्ष अघि मात्र आर.
  • आर.
  • एन.

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 

    सप्तरीको महादेवा गाउँपालिका १ स्थित नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनराको राम्रै अवस्थामा रहेको दुई कोठे भवन भत्काई नयाँ भवन निर्माण भइरहेको छ । 
    केही वर्ष अघि मात्र आर.आर.एन.को सहयोगमा ८ लाखको लागतमा निर्माण भएको उक्त दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा मधेस सरकारको ५० लाखको लागतमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।
    स्थानिय सरकारको क्षेत्राधिकार भित्र सरकारी तथा गैरसरकारी कुनै किसिमको निर्माण कार्य सार्वजनिक खरीद ऐन र नियमावलीको अधिन भित्र गर्नु पर्ने प्रावधानलाई वेवास्था गर्दै विद्यालयका प्रधानाध्यापक प्रदिपकुमार चौधरी र विद्यालय Þव्यवस्थापन Þसमितिले अटेर गरेको स्थानियको आरोप छ । 
    गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवसँगं यस विषयमा बुभ्mदा आफुलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । यस्तै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले पुरानो भवन भत्काएर नयाँ भवन निर्माण कार्य अगाडी बढाउँदा समेत गाउँपालिकालाई कुनै किसिमको जानकारी नभएको बताएका छन । 
    विद्यालयको भवन भत्काउन सार्वजनिक खरीद ऐन र नियमावली विपरित प्रधानाध्यापक ,विद्यालय व्यवस्थापन समितिले जथाभावी मोनोपोली गरेको भन्दै स्थानिय विधानन्द यादव, विनोद यादव, अरुण यादव, शंकर सदा, प्रमेश्वर सदा, अरुण महतो, राधेश्याम यादव, पत्रकार देवराम यादव, राम गति यादव, रमेश यादव, छेदी यादव, विन्देश्वर यादव, अरुण यादव (पकरी), पंकज यादव, राम कुमार यादव, देवराम यादव, मोÞफिरयाद, मोÞ ईस्माइल, श्रवण यादवलगायतका ब्यक्तीहरु गापा अध्यक्ष दिपक कुमार यादव डेलिगेशन समेत गएका छन् । 
    सोही डेलिगेशनकै क्रममा सव ईन्जिनियर रविन्द्र कुमार मण्डलले भत्काइएको उक्त भवन राम्रै अवस्थामा रहेकोले भवन भत्काउनुको कुनै औचित्य नरहेको जानकारी दिए ।
    आर.आर.एन.को सहयोगमा निर्माण भएको दुई कोठे भवन राम्रो अवस्थामा रहेको र लामो समयसम्म पठन पाठन गर्न योग्य रहेको जनाउँदै स्थानीय केही व्यक्तिहरुले राजनीतिक आडमा सो भवन भत्काइ नया भवन निर्माण गर्न लागेको स्थानिय विद्यानन्द यादवले बताए । 
    यति मात्र नभएर उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सन्तोष यादव, इन्द्रदेव यादव, जोगेन्द्र यादवलगायतले जथाभावी भवन भत्काउनुको साथै विभिन्न जातका रुख समेत कटान गरेको स्थानियहरुको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
विश्वमा शान्ति स्थापनाका लागि महायज्ञ सुरु
विश्वमा शान्ति स्थापनाका लागि महायज्ञ सुरु
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त