दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरीको कंचनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
अघिल्लो दिन सोमवार दिउसो त्रियुगा नदीमा नुहाउन गएकी सोही वडाका श्रवण महतोकी ९ वर्षिया छोरी प्रतिमा र सुरेश सदाकी ८ वर्षिया छोरी जीतनीको डुबेर मृत्यु भएको थियो ।
दुबै जनाको शव सोमवार नै फेला परेपनि संगै गएकी श्याम कुमार खंगकी ८ वर्षिया छोरी काजल भने मंगलवार विहान मृत अवस्थामा भेटिएकी हुन ।
घट्नास्थलबाट करिब एक किलोमिटर टढा ढृुङ्गामा अडकिएको अवस्था काजलको शव फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।
सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त गोताखोर टोलीले सोमवार दिउसो पनी वेपत्ता काजलको खोजी गरेको थियो । तर साझ पर्न थाले पछि रोकिएको खोजी कार्या मंगलवार विहान देखी पुनः सूरु गरिएको थियो । सोही क्रममा काजलको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
म्ृातक सबैको शव पोस्टमार्टमका लागी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताल पु¥याईएको छ ।
यता छठ पर्वको तयारीमा जुटेका बेला तीन जना बालिकाको डुबेर मृत्यु भएपछि अहिले कंचनरुप नगरपालिका ४ जगतपुर टोल शोकमग्न बनेको छ ।
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु
सारांश
- अघिल्लो दिन सोमवार दिउसो त्रियुगा नदीमा नुहाउन गएकी सोही वडाका श्रवण महतोकी ९ वर्षिया छोरी प्रतिमा र सुरेश सदाकी ८ वर्षिया छोरी जीतनीको डुबेर मृत्यु भएको थियो ।
- दुबै जनाको शव सोमवार नै फेला परेपनि संगै गएकी श्याम कुमार खंगकी ८ वर्षिया छोरी काजल भने मंगलवार विहान मृत अवस्थामा भेटिएकी हुन ।
- घट्नास्थलबाट करिब एक किलोमिटर टढा ढृुङ्गामा अडकिएको अवस्था काजलको शव फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया