दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नेकपा एमालेका नगर इन्चार्ज तथा वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरीले शुक्रबार नगर इन्चार्ज पदबाट राजिनामा दिएका छन् ।
निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त शुसासन कायम गर्न असफल भएको भन्दै उनले बिहीबार नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजिनामा दिएका हुन् ।
‘स्थानिय तहको चुनावमा पार्टीको तर्फबाट भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने प्रतिवद्धता जनतासंग गएपनि अढाई बर्ष वित्न लाग्दा पनि कायम हुन नसकेपछि पटक–पटक छलफल भएर सहमति पनि भएको तर, कागजकै खोस्टोमा सिमित रहयो कार्यान्वयन भएन’ चौधरीले भने, ‘न्यूनिकरणको ठाउँमा अझै बढ्दै गएको छ ।’
उनले भ्रष्टाचार सुशासन कायम गर्न नसकेकोमा नगरप्रमुख रामलखन मलाह दोषी रहेको बताए । ‘यसमा नेतृत्व पंक्ति दोषी छ’ उनले भने ।
गत स्थानीय निर्वाचनमा नगरपालिको मेयर र उपमेयर समेत एमालेकै उम्मेदवार निर्वाचित भएको तथा आफु दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएपनि नगरपालिकामा बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न असफल भएको पत्रमा उल्लेख गरेका छन् ।
उनी सो नगरपालिकाको वडा नं. ९ पत्थरगाडामा दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
सारांश
- निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त शुसासन कायम गर्न असफल भएको भन्दै उनले बिहीबार नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजिनामा दिएका हुन् ।
- ‘स्थानिय तहको चुनावमा पार्टीको तर्फबाट भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने प्रतिवद्धता जनतासंग गएपनि अढाई बर्ष वित्न लाग्दा पनि कायम हुन नसकेपछि पटक–पटक छलफल भएर सहमति पनि भएको तर, कागजकै खोस्टोमा सिमित रहयो कार्यान्वयन भएन’ चौधरीले भने, ‘न्यूनिकरणको ठाउँमा अझै बढ्दै गएको छ ।
- ’ उनले भ्रष्टाचार सुशासन कायम गर्न नसकेकोमा नगरप्रमुख रामलखन मलाह दोषी रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया