सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह

राजविराज राजविराज
|
सोमबार, मंसिर २७, २०७८
|
|
२४ पटक हेरिएको
Shares
सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह

सारांश

  •     सोमबार राजबिराजमा व्यवसायिक तथा सीप तालिम केन्द्र प्रदेश २ धनुषा, जनकपुरधामद्वारा आयोजित सिपमूलक तालिम संचालन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन् ।
  •       उनले बैदेशिक रोजगारमा अधिकांश युवा सिप बिना बिदेश जादाँ समस्यामा पर्ने गरेकाले बिदेश जादाँ केही सीप लिएर गए जीवन सफल हुने बिश्वास ब्यक्त गरे ।
  • सप्तरी र सिरहामा सीप बिकास तालिमलाई सहज पु¥याउन प्राबिधिक तालिम केन्द्रको स्थापना गर्नुपर्नेमा उनले जोड समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले सीप बिना जीवन सहज नहुने बताउदै सीप सिकेर आत्मनिर्भर बन्नु पर्ने बताएका छन् । 
    सोमबार राजबिराजमा व्यवसायिक तथा सीप तालिम केन्द्र प्रदेश २ धनुषा, जनकपुरधामद्वारा आयोजित सिपमूलक तालिम संचालन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन् । 
    उनले बैदेशिक रोजगारमा अधिकांश युवा सिप बिना बिदेश जादाँ समस्यामा पर्ने गरेकाले बिदेश जादाँ केही सीप लिएर गए जीवन सफल हुने बिश्वास ब्यक्त गरे । सप्तरी र सिरहामा सीप बिकास तालिमलाई सहज पु¥याउन प्राबिधिक तालिम केन्द्रको स्थापना गर्नुपर्नेमा उनले जोड समेत दिए । 
    सिरहा र सप्तरीमा रोजगार अभिबृद्वि श्रृजना गरेर प्रदेशमा रोजगारको समस्या सामाधान गर्नका लागि सीपमूलक तालिम केन्द्र कार्यालयको स्थापना गर्न स्थानिय तहले प्रदेश सरकारसँग माँग गर्नुपर्ने सुझाव दिए । 
    कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमनले सिरहा र सप्तरीका अधिकांश युवाहरू बिना सीप बिदेश जाने गरेकाले उनीहरूलाई आत्मनिर्भर सँगै समाजप्रति उत्तरदायी बनाउन सीप तालिम केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिए । 
    उक्त अवसरमा सामाजिक बिकास मंन्त्रालयका सचिव भिम नारायण श्रेष्ठले आर्धिक बिकासको आधार सीपमूलक ब्यवसाय रहेकोले प्राबिधिक शिक्षा तालिमले स्वरोजगार सँग आत्मनिर्भर बनाउनेमा जोड दिनु पर्ने बताए । 
    प्राबिधिक सीप तर्फ युवाहरूको रुचि बढी देखिएकोले बेरोजगारी, गरिबी, बैदेशिक रोजगार र  कोभिडको समस्यालाई न्यून गर्न सीप तालिमले ठुलो टेवा पुग्ने उनको भनाई थियो । 
    सामाजिक बिकास मंन्त्रालयका सचिव भिम नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रबिक्रम साह, राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब, सीप तालिम केन्द्रका प्रमुख तुलसी राम घिमिरे, सीप बिकास शाखा प्रमुख शिव घिमिरे लगायतले सिरहा र सप्तरीमा तालिम केन्द्र कार्यालयको स्थापना गर्नुपर्नेमा आ–आप्mनो सुझाव दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 
लागूऔषधसहित तीन पक्राउ
लागूऔषधसहित तीन पक्राउ
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी
नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ