नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ४, २०८३
|
|
२६८ पटक हेरिएको
Shares
नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी

सारांश

  • अधिवक्ता सुरेश कुमार सिंहले अभिभावक र विद्यार्थीको शैक्षिक हितलाई ध्यानमा राख्दै दायर गरेको उत्प्रेषण तथा परमादेशको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायधीश राम बहादुर थापाको एकल इजलासले सो आदेश जारी गरेको हो ।
  • सो रिट बिरुद्ध वरिष्ठ अधिवक्ता सुजित कुमार पोखरेल, अधिवक्ताहरू सतिश राय, विनोद कुमार पाण्डेय, निवेदक समेत रहेका अधिवक्ता सुरेश कुमार सिंह, अधिवक्ता फूल नारायण यादव, रवीन्द्र कुमार यादव र अनोज कुमार रायमाझीले दायर रिटमा बहस गरेका थिए ।
  • इजलासले राजविराज नगरपालिका भित्रका निजी तथा गुठी विद्यालयहरूमा चालु शैक्षिक सत्रको बीचमै शुल्क वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
दैनिक समाचारदाता
राजविराज, ४ असार । 
नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालत जनकपुर–राजविराज इजलासले बिहीबार अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता सुरेश कुमार सिंहले अभिभावक र विद्यार्थीको शैक्षिक हितलाई ध्यानमा राख्दै दायर गरेको उत्प्रेषण तथा परमादेशको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायधीश राम बहादुर थापाको एकल इजलासले सो आदेश जारी गरेको हो ।
सो रिट बिरुद्ध वरिष्ठ अधिवक्ता सुजित कुमार पोखरेल, अधिवक्ताहरू सतिश राय, विनोद कुमार पाण्डेय, निवेदक समेत रहेका अधिवक्ता सुरेश कुमार सिंह, अधिवक्ता फूल नारायण यादव, रवीन्द्र कुमार यादव र अनोज कुमार रायमाझीले दायर रिटमा बहस गरेका थिए ।
इजलासले राजविराज नगरपालिका भित्रका निजी तथा गुठी विद्यालयहरूमा चालु शैक्षिक सत्रको बीचमै शुल्क वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले राजविराज नगरपालिका र सम्बन्धित विपक्षी निकायहरूलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । साथै, अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे थप छलफलका लागि आगामी असार ११ गते दुवै पक्षलाई आवश्यक प्रमाणसहित उपस्थित हुन पेशी तोकिएको छ ।
अदालतको यो आदेशसँगै राजविराजका निजी विद्यालयहरूले बढाएको नयाँ शुल्कदर तत्कालका लागि रोकिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
सप्तरीमा कुल १ सय ६० जना संक्रमित, ७१ जना डिस्चार्ज
सप्तरीमा कुल १ सय ६० जना संक्रमित, ७१ जना डिस्चार्ज
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
जंगली हात्तीद्वारा एक दर्जन बढी घरमा क्षति 
जंगली हात्तीद्वारा एक दर्जन बढी घरमा क्षति 
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ