दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
सप्तरीको राजगढ गाउँपालिका ३ बाट गत शुक्रबार अपहरणमा परेका स्थानिय १२ वर्षिय बालक लक्ष्मण यादवलाई सप्तरी प्रहरीले भारतको बिहार राज्य अन्तरगत सीतामढीको शिवहरबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टको नेतृत्वमा सादा पोशाकमा खटेको प्रहरी टोलीले सीतामढीस्थित शिवहरको एक होटलबाट बालक यादवलाई मंगलबार बिहान ३ बजेतिर सकुशल उद्दार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबारै आयोजित पत्रकार सम्मेलनमा अपहरण मुक्त गराइएका बालकलाई सार्वजनिक गर्दै परिवारको जिम्मा लगाइएको छ । राजगढ गाउँपालिकास्थित ज्ञान ज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक यादव बैशाख १३ गते मामाको विवाह गएको बेला अपहरणमा परेको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।
पिसाब गर्न निस्केको बेला अचानक मोटरसाइकलमा आएका दुई तीन जना अपरिचित व्यक्तिले आँखा मुख छोप्दै जबरजस्ती मोटरसाइकलमा राखेर अज्ञात स्थलतर्फ लगेको बालक यादवलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
सो अपहरण गर्ने कार्यमा केही नेपाली र केही भारतीय अपराधी प्रयोग भएको प्रहरीको भनाई छ । प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बालक यादवलाई फिरौतीका लागि अपहरण गरिएको अनुसन्धानबाट खुल्न आएको बताउँदै सो कार्यमा संलग्न तीनजना शंकास्पद स्थानिय व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
यता अनुसन्धानमा बाधा पुग्ने र संलग्न अन्य अपराधि फरार हुन सक्ने भएकाले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको उनले बताए ।
अपहरणकारीले बालक यादवलाई नशालु पदार्थ खुवाएर राख्ने गरेको र उद्दारको क्रममा उनी अर्धबेहोस अवस्थामा रहेको प्रहरी उपरिक्षक विष्टले जनाए । अपहरणको भोली पल्ट अपहरणकारीले बालक यादवका काका बिरेन्द्र यादवलाई मोबाइलमा फोन गरि ५० लाख फिरौती रकम माँग गरेका थिए । अपहरण मुक्त भएका बालक लक्ष्मण यादवको बुबा जागेश्वर यादव जागिरको सिलसिलामा भारतको मुम्बईमा छन् ।
प्रहरीले फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बरको लोकेशन सेवा प्रदायक संस्थासँग लिँदै बालक लुकाई राखेको स्थान नजिक पुग्न सफल भएको जनाएको छ । भारतीय सिआरपी (केन्द्रिय रिजर्भ पुलिस) लाई जानकारी दिँदै उक्त क्षेत्रमा सर्च अपरेशन चलाएपछि आतिएर अपहरणकारीले बालक यादवलाई राजमार्ग नजिकैको एक होटलमा छाडेर भागेको प्रहरी उपरिक्षक विष्टले बताए ।
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टको नेतृत्वमा सादा पोशाकमा खटेको प्रहरी टोलीले सीतामढीस्थित शिवहरको एक होटलबाट बालक यादवलाई मंगलबार बिहान ३ बजेतिर सकुशल उद्दार गरेको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबारै आयोजित पत्रकार सम्मेलनमा अपहरण मुक्त गराइएका बालकलाई सार्वजनिक गर्दै परिवारको जिम्मा लगाइएको छ ।
- राजगढ गाउँपालिकास्थित ज्ञान ज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक यादव बैशाख १३ गते मामाको विवाह गएको बेला अपहरणमा परेको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया