दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको छुट्टा छुट्टै स्थानमा मंगलबार बिभिन्न घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको शम्भुनाथ नगरपालिका ४ मा पिकअप गाडीको ठक्करबाट पैदल यात्री स्थानिय ७० बर्षिया मखनी देबी थरुनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ च ८४०० नंम्बरको पिकअप गाडीले पैदल यात्री मखनि देबीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइतेलाई उपचारको लागी युनिक अस्पताल लैजादै गर्दा बिच बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २ बस्ने अंन्दाजी ६५ बर्षिय फनिकलाल सदाको बेहोस भएर ज्यान गएको छ ।
वडा नं. ३ स्थितमा रहेको दिनानाथ भद्रि मन्दिरमा पुजा गर्न (भाकल चढाउन) भनि श्रीमती संग गएको बेला सदा अचानक बेहोस भएका थिए ।
बेहोस भएका सदालाई तत्काल स्थानिय मेडिकलमा उपचारको लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विभिन्न घटनामा दुईको मृत्यु
सारांश
- पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको शम्भुनाथ नगरपालिका ४ मा पिकअप गाडीको ठक्करबाट पैदल यात्री स्थानिय ७० बर्षिया मखनी देबी थरुनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ च ८४०० नंम्बरको पिकअप गाडीले पैदल यात्री मखनि देबीलाई ठक्कर दिएको थियो ।
- ठक्करबाट गम्भिर घाइतेलाई उपचारको लागी युनिक अस्पताल लैजादै गर्दा बिच बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया