दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
जिल्ला खेलकुद विकास समिति सप्तरीमा लामो समयसम्म सेवारत दुई जना कर्मचारीलाई आइतबार सम्मानसहित विदाई गरिएको छ ।
समितिको कभर्ड हलमा आयोजित एक कार्यक्रममा फुटबल प्रशिक्षक राजकुमार परियार र कार्यालय सहयोगी त्रिपितनारायण साहलाई सम्मानसहित विदाई गरिएको हो ।
परियार २०५२ साल असोजदेखि कार्यरत रही ०७८ जेठ २ गते उमेर हदका कारण फुटबल प्रशिक्षक अधिकृत तृतिय पदबाट अनिवार्य अवकाश पाएका छन् भने साह २०३८ साल मंसिर ६ गतेदेखि २०४८ सालसम्म स्थायी रुपमा सेवारत थिए । २०५० सालदेखि २०७५ सालसम्म स्थानीय स्रोतबाट पारिश्रमिक पाउँदै सेवा प्रदान गरेका थिए ।
सम्मान तथा विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका अध्यक्ष रन्जन थापा र कार्यालय प्रमुख दिनेश भुजेलले कदर पत्र प्रदान गरे ।
करातेका बरिष्ठ प्रशिक्षक बिजयमान थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा राखेप कर्मचारी संघका अध्यक्ष थापा, कार्यालय प्रमुख भुजेल, सम्मानित परियार, टेबुलटेनिस संघका अध्यक्ष मनोहर पोखरेल र प्रशिक्षक उमेश गुरुङ, विभिन्न खेलका प्रशिक्षक, कर्मचारी, खेलाडीहरूको उपस्थिती रहेको थियो ।
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
सारांश
- समितिको कभर्ड हलमा आयोजित एक कार्यक्रममा फुटबल प्रशिक्षक राजकुमार परियार र कार्यालय सहयोगी त्रिपितनारायण साहलाई सम्मानसहित विदाई गरिएको हो ।
- परियार २०५२ साल असोजदेखि कार्यरत रही ०७८ जेठ २ गते उमेर हदका कारण फुटबल प्रशिक्षक अधिकृत तृतिय पदबाट अनिवार्य अवकाश पाएका छन् भने साह २०३८ साल मंसिर ६ गतेदेखि २०४८ सालसम्म स्थायी रुपमा सेवारत थिए ।
- २०५० सालदेखि २०७५ सालसम्म स्थानीय स्रोतबाट पारिश्रमिक पाउँदै सेवा प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया