दैनिक समाचारदाता
राजविराज, १९ असार ।
अदालतबाट चोरी नकबजनी मुद्दामा कैद सजाय तोकि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ निवासी २० वर्षिय लालदेव सदा छन् ।
सोही वडा निवासी सतिश यादवको हार्डवेयर पसलमा १ लाख भन्दा बढीको मालसामान चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतबाट २०७७ कात्तिक २५ गते उनलाई ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला भएको थियो ।
उनलाई गाउँघरमै लुकिबसेको अवस्थामा अघिल्लो दिन शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । आइतबार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
सदाले यादवको पसलबाट १ लाख ६९ हजारको सरसामान चोरी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
फरार प्रतिवादी सदा पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ निवासी २० वर्षिय लालदेव सदा छन् ।
- सोही वडा निवासी सतिश यादवको हार्डवेयर पसलमा १ लाख भन्दा बढीको मालसामान चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतबाट २०७७ कात्तिक २५ गते उनलाई ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला भएको थियो ।
- उनलाई गाउँघरमै लुकिबसेको अवस्थामा अघिल्लो दिन शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया