तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता

राजविराज राजविराज
|
सोमबार, भाद्र २३, २०७६
|
|
१८३ पटक हेरिएको
Shares
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता

सारांश

  •     सोमवार राजबिराजमा आयोजित एक कार्यशाला गोष्ठीमा डाक्नेश्वरी नगरपालिका, बिष्णुपुर गाउपालिका र राजगढ गाउपालिकाले शत प्रतिशत चर्पि प्रयोग गराउने तथा पुर्ण सरसफाईपालिका बनाउन १० बर्षिय योजना तयार पारेको छ ।
  •       सो अवसरमा बिष्णुपुर गाउपालिका उपाध्यक्ष जंजिरा यादबले निर्माण भएका सबै चर्पिलाई प्रयोगमा ल्याउने, शत प्रतिशत जनतालाई स्वच्छ, खानेपानी उपलब्ध गराउने, प्रत्येक वडाको एउटा टोल पुर्ण सरसफाईसहित उन्मुख तर्फ अगाडी बढाउदै घोषणा गर्ने, सेफ्टी टंयाक सफा गर्ने गाडी ब्यबस्थापन गर्ने, डम्पिंग साईडको ब्यबस्थापन गर्नेसहितको लक्ष्य योजना बनाएको बताईन ।
  •     बिष्णुपुर गाउपालिका वडा अध्यक्ष जिवछ मण्डलले दलित तथा बिपन्न बस्तीहरूमा आर्थिक अबस्था कमजोर भएका कारण शौचालय निर्माण गर्न नसक्नु, जनचेतनाको कमि कारण ढल निकास तथा फोहोर ब्यबस्थापन केन्द्रको अभाव, खुल्ला शौच गर्ने परम्परागत बानी रहेको, बिपन्न बर्गहरूमा शौचालय बनाउन जग्गा जमिनको अभावा, कुहिएको फोहोर मैला, प्लाष्टिक ईत्यादि पदार्थहरू खुल्ला सार्वजनिक ठाउमा फाल्ने गरेकाले समस्या आउने गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २३ भदौं । 
    सप्तरीका तीन स्थानिय तहले शत प्रतिशत जनतामा खानेपानी र सरसफाईको पहँुच पु¥याउने उद्देश्यले कार्ययोजना बनाएको छ । 
    सोमवार राजबिराजमा आयोजित एक कार्यशाला गोष्ठीमा डाक्नेश्वरी नगरपालिका, बिष्णुपुर गाउपालिका र राजगढ गाउपालिकाले शत प्रतिशत चर्पि प्रयोग गराउने तथा पुर्ण सरसफाईपालिका बनाउन १० बर्षिय योजना तयार पारेको छ । 
    सो अवसरमा बिष्णुपुर गाउपालिका उपाध्यक्ष जंजिरा यादबले निर्माण भएका सबै चर्पिलाई प्रयोगमा ल्याउने, शत प्रतिशत जनतालाई स्वच्छ, खानेपानी उपलब्ध गराउने, प्रत्येक वडाको एउटा टोल पुर्ण सरसफाईसहित उन्मुख तर्फ अगाडी बढाउदै घोषणा गर्ने, सेफ्टी टंयाक सफा गर्ने गाडी ब्यबस्थापन गर्ने, डम्पिंग साईडको ब्यबस्थापन गर्नेसहितको लक्ष्य योजना बनाएको बताईन ।
    बिष्णुपुर गाउपालिका वडा अध्यक्ष जिवछ मण्डलले दलित तथा बिपन्न बस्तीहरूमा आर्थिक अबस्था कमजोर भएका कारण शौचालय निर्माण गर्न नसक्नु, जनचेतनाको कमि कारण ढल निकास तथा फोहोर ब्यबस्थापन केन्द्रको अभाव, खुल्ला शौच गर्ने परम्परागत बानी रहेको, बिपन्न बर्गहरूमा शौचालय बनाउन जग्गा जमिनको अभावा, कुहिएको फोहोर मैला, प्लाष्टिक ईत्यादि पदार्थहरू खुल्ला सार्वजनिक ठाउमा फाल्ने गरेकाले समस्या आउने गरेको बताए ।
    यस्तै राजगढ गाउपालिकाका अध्यक्ष परमान्नद यादबले “अपन गाम सुन्दर ठाम” बनाउन २०२२ सम्ममा एक घर, एक ट्युवेल, धारा पानीको ब्यबस्थापन, २०२८ सम्ममा पुर्णरूपमा कुपोषण मुक्त बनाउने, सबै गरिव घरमा सामुहिक ट्यांकी शौचालय २०२५ सम्म बनाउने, फोहार ब्यबस्थापन गर्न जग्गा उपलब्ध गराउने, २०२६ सम्म पुर्ण सरसफाई घोषणा गर्ने, सबै वडामा बर्थिंङ सेन्टर बनाउने लक्ष्य सहित योजना बनाएको बताए ।
    डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहले सन २०३० सम्ममा नगरपालिकालाई स्वच्छ, सफा सुन्दर र ब्यबस्थित रूपमा स्थापना गर्ने बताउदै जनतामा गुणस्तिय खानेपानीको सुनिश्चितता गर्न १ धारा १ टयुवेलको प्रबन्ध गर्ने, २०२५ ठोस फोहोर ब्यबस्थापन केन्द्र स्थापना गर्ने, सन २०३० को अन्तसम्ममा दिशाजन्य लेदो ब्यबस्थापनको लागि टिट्मेन्ट स्थापना गर्ने कार्ययोजना बनाएको जानकारी दिए । उनले २०३० को अन्त्य सम्ममा बालमैत्री, अपांगता मैत्री, लैंगिक मैत्री, सरसफाई संरचनाहरू स्थापना गर्ने समेत योजना बनाउदै प्रतिबद्धता व्यक्त गरे ।
    वेल्ट हंगर हिल्फे नेपाल (डब्लु.एच.एच.) को आयोजना तथा जिल्ला समन्वय समिति सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा तिनै पालिकामा खानेपानी र सरफाई तथा पोषणको क्षेत्रमा काम गर्नका लागि पालिकासँग दिर्घकालिन योजनाका लागि गोष्ठीको आयोजना गरेको जनाएको छ ।  
    सो गोष्ठीमा स्थानिय निकायहरूले सरसफाई तथा खानेपानी पोषणका बिकासमा एकजुट भई उर्जाका साथ र दिगोपनाका लागि कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ ।
    प्रारम्भिक अभिमुखिकरण तथा कार्यशाला गोष्ठीमा जिससका प्रमुख प्रभाकर यादब, वेल्ड वास कार्यक्रम संयोजक पद्म लम्साल, वेल्डका म्यानेजर गिरी राज खत्री, जिसस कार्यक्रम अधिकृत नवराज खडका, महुली समुदाय बिकास केन्द्रका प्रभु नारायण चौधरी, सबल नेपालका निर्देशक दिपक कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादब लगायत विभिन्न पालिका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून
विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
राष्ट्रिय सभाको निर्वाचन पार्टीहरुको प्रतिष्ठाको लडाई  
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी