तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता

राजविराज राजविराज
|
सोमबार, भाद्र २३, २०७६
|
|
६९ पटक हेरिएको
Shares
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता

सारांश

  •     सोमवार राजबिराजमा आयोजित एक कार्यशाला गोष्ठीमा डाक्नेश्वरी नगरपालिका, बिष्णुपुर गाउपालिका र राजगढ गाउपालिकाले शत प्रतिशत चर्पि प्रयोग गराउने तथा पुर्ण सरसफाईपालिका बनाउन १० बर्षिय योजना तयार पारेको छ ।
  •       सो अवसरमा बिष्णुपुर गाउपालिका उपाध्यक्ष जंजिरा यादबले निर्माण भएका सबै चर्पिलाई प्रयोगमा ल्याउने, शत प्रतिशत जनतालाई स्वच्छ, खानेपानी उपलब्ध गराउने, प्रत्येक वडाको एउटा टोल पुर्ण सरसफाईसहित उन्मुख तर्फ अगाडी बढाउदै घोषणा गर्ने, सेफ्टी टंयाक सफा गर्ने गाडी ब्यबस्थापन गर्ने, डम्पिंग साईडको ब्यबस्थापन गर्नेसहितको लक्ष्य योजना बनाएको बताईन ।
  •     बिष्णुपुर गाउपालिका वडा अध्यक्ष जिवछ मण्डलले दलित तथा बिपन्न बस्तीहरूमा आर्थिक अबस्था कमजोर भएका कारण शौचालय निर्माण गर्न नसक्नु, जनचेतनाको कमि कारण ढल निकास तथा फोहोर ब्यबस्थापन केन्द्रको अभाव, खुल्ला शौच गर्ने परम्परागत बानी रहेको, बिपन्न बर्गहरूमा शौचालय बनाउन जग्गा जमिनको अभावा, कुहिएको फोहोर मैला, प्लाष्टिक ईत्यादि पदार्थहरू खुल्ला सार्वजनिक ठाउमा फाल्ने गरेकाले समस्या आउने गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २३ भदौं । 
    सप्तरीका तीन स्थानिय तहले शत प्रतिशत जनतामा खानेपानी र सरसफाईको पहँुच पु¥याउने उद्देश्यले कार्ययोजना बनाएको छ । 
    सोमवार राजबिराजमा आयोजित एक कार्यशाला गोष्ठीमा डाक्नेश्वरी नगरपालिका, बिष्णुपुर गाउपालिका र राजगढ गाउपालिकाले शत प्रतिशत चर्पि प्रयोग गराउने तथा पुर्ण सरसफाईपालिका बनाउन १० बर्षिय योजना तयार पारेको छ । 
    सो अवसरमा बिष्णुपुर गाउपालिका उपाध्यक्ष जंजिरा यादबले निर्माण भएका सबै चर्पिलाई प्रयोगमा ल्याउने, शत प्रतिशत जनतालाई स्वच्छ, खानेपानी उपलब्ध गराउने, प्रत्येक वडाको एउटा टोल पुर्ण सरसफाईसहित उन्मुख तर्फ अगाडी बढाउदै घोषणा गर्ने, सेफ्टी टंयाक सफा गर्ने गाडी ब्यबस्थापन गर्ने, डम्पिंग साईडको ब्यबस्थापन गर्नेसहितको लक्ष्य योजना बनाएको बताईन ।
    बिष्णुपुर गाउपालिका वडा अध्यक्ष जिवछ मण्डलले दलित तथा बिपन्न बस्तीहरूमा आर्थिक अबस्था कमजोर भएका कारण शौचालय निर्माण गर्न नसक्नु, जनचेतनाको कमि कारण ढल निकास तथा फोहोर ब्यबस्थापन केन्द्रको अभाव, खुल्ला शौच गर्ने परम्परागत बानी रहेको, बिपन्न बर्गहरूमा शौचालय बनाउन जग्गा जमिनको अभावा, कुहिएको फोहोर मैला, प्लाष्टिक ईत्यादि पदार्थहरू खुल्ला सार्वजनिक ठाउमा फाल्ने गरेकाले समस्या आउने गरेको बताए ।
    यस्तै राजगढ गाउपालिकाका अध्यक्ष परमान्नद यादबले “अपन गाम सुन्दर ठाम” बनाउन २०२२ सम्ममा एक घर, एक ट्युवेल, धारा पानीको ब्यबस्थापन, २०२८ सम्ममा पुर्णरूपमा कुपोषण मुक्त बनाउने, सबै गरिव घरमा सामुहिक ट्यांकी शौचालय २०२५ सम्म बनाउने, फोहार ब्यबस्थापन गर्न जग्गा उपलब्ध गराउने, २०२६ सम्म पुर्ण सरसफाई घोषणा गर्ने, सबै वडामा बर्थिंङ सेन्टर बनाउने लक्ष्य सहित योजना बनाएको बताए ।
    डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहले सन २०३० सम्ममा नगरपालिकालाई स्वच्छ, सफा सुन्दर र ब्यबस्थित रूपमा स्थापना गर्ने बताउदै जनतामा गुणस्तिय खानेपानीको सुनिश्चितता गर्न १ धारा १ टयुवेलको प्रबन्ध गर्ने, २०२५ ठोस फोहोर ब्यबस्थापन केन्द्र स्थापना गर्ने, सन २०३० को अन्तसम्ममा दिशाजन्य लेदो ब्यबस्थापनको लागि टिट्मेन्ट स्थापना गर्ने कार्ययोजना बनाएको जानकारी दिए । उनले २०३० को अन्त्य सम्ममा बालमैत्री, अपांगता मैत्री, लैंगिक मैत्री, सरसफाई संरचनाहरू स्थापना गर्ने समेत योजना बनाउदै प्रतिबद्धता व्यक्त गरे ।
    वेल्ट हंगर हिल्फे नेपाल (डब्लु.एच.एच.) को आयोजना तथा जिल्ला समन्वय समिति सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा तिनै पालिकामा खानेपानी र सरफाई तथा पोषणको क्षेत्रमा काम गर्नका लागि पालिकासँग दिर्घकालिन योजनाका लागि गोष्ठीको आयोजना गरेको जनाएको छ ।  
    सो गोष्ठीमा स्थानिय निकायहरूले सरसफाई तथा खानेपानी पोषणका बिकासमा एकजुट भई उर्जाका साथ र दिगोपनाका लागि कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ ।
    प्रारम्भिक अभिमुखिकरण तथा कार्यशाला गोष्ठीमा जिससका प्रमुख प्रभाकर यादब, वेल्ड वास कार्यक्रम संयोजक पद्म लम्साल, वेल्डका म्यानेजर गिरी राज खत्री, जिसस कार्यक्रम अधिकृत नवराज खडका, महुली समुदाय बिकास केन्द्रका प्रभु नारायण चौधरी, सबल नेपालका निर्देशक दिपक कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादब लगायत विभिन्न पालिका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह