होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

राजविराज राजविराज
|
बिहिबार, चैत्र १२, २०७७
|
|
२७ पटक हेरिएको
Shares
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

सारांश

  •     कोरोना भाइरस संक्रमण पुन: दोहरिने सम्भावना उच्च रहेको भन्दै साबधानी अपनाउन तथा बजारमा भिडभाड नगरी घरमै सिमित भएर होली पर्व मनाउन एक सुचना मार्फत जिल्ला प्रशासन कार्यलाय सप्तरीले सबै संग आग्रह गरेको हो ।
  •     भारतमा केही दिन यता कोरोनाको दोस्रो लहर तिब्रगतिमा बढेको र नेपालमा समेत संक्रमण पुष्टी हुनेको संख्या बढदै गएकाले होली पर्व घरमै मनाउन तथा अन्य साबधानी अपनाउन सुचना मार्फत सबैमा अपिल गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले जानकारी दिएका छन् ।
  •     संक्रमणको अवस्था बढेमा लकडाउन गर्नु पर्ने अवस्था आउन सक्ने भन्दै उनले होली मनाउदाँ भिडभाड र भेला नभई घर परिवारमा सिमित भई मनाउन सबैलाई आग्रह गरिएको बताए ।

दैनिक समाचारदाता
राजबिराज, १२ चैत ।
    कोरोनाको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य मापदण्ड अनिर्वाय पालना गर्न तथा होली पर्व घर भित्रै मनाउन आग्रह गरेको छ ।
    कोरोना भाइरस संक्रमण पुन: दोहरिने सम्भावना उच्च रहेको भन्दै साबधानी अपनाउन तथा बजारमा भिडभाड नगरी घरमै सिमित भएर होली पर्व मनाउन एक सुचना मार्फत जिल्ला प्रशासन कार्यलाय सप्तरीले सबै संग आग्रह गरेको हो ।
    भारतमा केही दिन यता कोरोनाको दोस्रो लहर तिब्रगतिमा बढेको र नेपालमा समेत संक्रमण पुष्टी हुनेको संख्या बढदै गएकाले होली पर्व घरमै मनाउन तथा अन्य साबधानी अपनाउन सुचना मार्फत सबैमा अपिल गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले जानकारी दिएका छन् ।
    संक्रमणको अवस्था बढेमा लकडाउन गर्नु पर्ने अवस्था आउन सक्ने भन्दै उनले होली मनाउदाँ भिडभाड र भेला नभई घर परिवारमा सिमित भई मनाउन सबैलाई आग्रह गरिएको बताए ।
    यस्तै भिडभाड हुने गरी कुनै किसिमको मेला, महोत्सव, जात्रा, सांस्कृतिक कार्यक्रम लगायतको काम नगर्न गराउन पनि जिल्ला प्रशासन कार्यालायले अनुरोध गरेको छ ।
    होलीमा लोला हान्ने, जबजस्ती रंग हाल्ने, मादक पर्दाथ सेवन गरी हो हल्ला गर्ने लगायतका बिकृत गतिबिधि नगर्न समेत सबैलाई सचेत गराइएको छ । 
    कोरोनाको बढदो जोखिमलाई ध्यानमा राखी प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षतामा बसेको कोभिड संकट व्यबस्थापन समितीको बैठकले गरेको सो निर्णय पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही हुने समेत सुचना मार्फत  जानकारी गराइएको छ ।
    जिल्लामा हाल सम्म १ हजार ८ सय ३० जना कोरोना संक्रमित रहेकोमा ४१ जनाको ज्यान गएको छ भने १ हजार ७ सय ८९ जना निको भई घर फर्कि सकेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?