दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
“सडक सुरक्षा सप्ताह” नाम दिई सुरु भएको ट्राफिक सचेतना कार्यक्रम अभियानकै रुपमा सोमबारदेखी संचालन भएको छ ।
जिल्लामा सडक दुर्घटना तिब्र रुपमा बढ्दै गएका बेला न्युनिकरण गर्ने उद्देश्यले सप्ताहब्यापी सचेतनामूलक कार्यक्रम जेठ ७ गतेसम्म संचालन हुने जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीले जनाएको छ ।
उक्त अभियानको एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले उद्घाटन गरेका छन् । सडक सुरक्षा सप्ताहको पहिलो दिन सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज लक्ष्मण गिरी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र कुमार दासका साथै विभिन्न विद्यालयका छात्रछात्रा र संघसंस्थाका प्रतिनिधीहरुको सहभागितामा निस्केको ¥याली ट्राफिक सचेतना सम्बन्धी पर्चा, पम्प्लेट बाड्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नगर परिक्रममा पश्चात् आयोजिक कार्यक्रममा सहभागि वक्ताहरुले सडक दुर्घटनाबाट बच्न र यात्रुहरुको जिवन रक्षाका लागि अपनाउनु पर्ने सावधानी बारे आ–आफ्नो सुझाव दिएका थिए ।
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
सारांश
- जिल्लामा सडक दुर्घटना तिब्र रुपमा बढ्दै गएका बेला न्युनिकरण गर्ने उद्देश्यले सप्ताहब्यापी सचेतनामूलक कार्यक्रम जेठ ७ गतेसम्म संचालन हुने जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीले जनाएको छ ।
- उक्त अभियानको एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले उद्घाटन गरेका छन् ।
- सडक सुरक्षा सप्ताहको पहिलो दिन सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज लक्ष्मण गिरी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र कुमार दासका साथै विभिन्न विद्यालयका छात्रछात्रा र संघसंस्थाका प्रतिनिधीहरुको सहभागितामा निस्केको ¥याली ट्राफिक सचेतना सम्बन्धी पर्चा, पम्प्लेट बाड्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया